कसरी मरे जलेश्वर धामको पोखरीका माछा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
कसरी मरे जलेश्वर धामको पोखरीका माछा  ?

सारांश

  • भद्रपुर, २९ साउन ।
  • पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् ।
  • जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो ।

भद्रपुर, २९ साउन । पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् ।जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । पोखरीका एक हजार बढी माछामा आधा मरेको उहाँको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ । महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Damodar Dahal

    यो राम्रो संकेत होईन , शिवधाम को पोखरीको माछा मर्नु पछाडिको कारण जे सुकै होश पहिले शिव आराधना गराई हाल्नुपर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?