देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
देउवालाई गलाउन बिहानै प्रकाशमान सिंहको घरमा गोप्य बैठक सुरु

सारांश

  • काठमाडौं २२ फागुन ।
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहले एक ठाउँमा आउन थालेका छन ।
  • सभापति शेरबहादुर देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक ठाउँमा उभिदैछन ।

काठमाडौं २२ फागुन । नेपाली कांग्रेसको संस्थापन इतर समूहले एक ठाउँमा आउन थालेका छन । सभापति शेरबहादुर देउवालाई गलाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला एक ठाउँमा उभिदैछन ।

आज बिहान गत पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित घरमा बैठक सुरु भएको छ । केन्द्रीय समितिले पार्टीको विधान पारित गरेको भन्दै त्यसलाई तत्काल सच्याउन नेतृत्वलाई दबाब दिने तयारी छ । हिजो जिल्ला सभापतिहरुले पनि चेतावनी दिइसकेका छन ।

कांग्रेसका ५६ जिल्ला सभापतिहरूले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा महासमिति बैठकबाट पारित भइसकेको विषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्ट्याएको खबरले आफूहरूलाई आश्चर्यचकित बनाएको उल्लेख छ । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयतासमेत समाप्त गरेको पौडेल सिटौला पक्षको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?