नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २७, २०७९
|
|
१८ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको राष्ट्रपति हुन आवश्यक छ : प्रवक्ता डा महत

सारांश

  • चितवन ।
  • नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् ।
  • नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए ।

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताए ।

उनले भने, “हामीले सबै दललाई कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ । सकारात्मक प्रतिक्रियाहरू आएका छन् ।” कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो ।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए । प्रवक्ता डा महतले थप्नुभयो, “ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ ।”

कांग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे । कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उनको भनाइ थियो ।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे । उनले भने,“राजा चाहिन्छ भन्ने पनि छन् । चाहिँदैन भन्ने पनि छन् । यसले के अर्थ दिन्छ ?”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
प्रदेश २ की पहिलो महिला मेयर भन्छिन्– ‘पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु’
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
नेपाल भारत सम्बन्ध बिगार्न खोज्नेबाट सचेत बन्न भारतको आग्रह
गुणस्तरहीन औषधि बेच्नेलाई कडा कारबाही गरिने
गुणस्तरहीन औषधि बेच्नेलाई कडा कारबाही गरिने
व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात
व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात
बर्दिया,प्यूठान को ताजा पारीणाम
बर्दिया,प्यूठान को ताजा पारीणाम
संबैधानिक परिषद बैठक बस्दै, प्रधानन्यायधीश नियुक्तिकाे सिफारिस गरिने
संबैधानिक परिषद बैठक बस्दै, प्रधानन्यायधीश नियुक्तिकाे सिफारिस गरिने
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
चिसो बढेसँगै बैतडीका स्वास्थ्य संस्थामा बिरामीको चाप
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
सिन्धुलीमा फेरि एक जना आइसोलेशनमा
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो
उपत्यकाका विभिन्न खोला तथा नदीमा जलसतहले सतर्कता तह पार गर्‍यो

तपाईंले छुटाउनुभयो कि?