कालीमाटी तरकारी बजारका ५७ सटरका सम्झौता खारेज

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – सरकारले कालीमाटी र बालाजुर तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ ।
  •  कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो ।
  • सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

काठमाडौं – सरकारले कालीमाटी र बालाजुर तरकारी तथा फलफूल बजारका ५७ वटा सटरको सम्झौता खारेज गरेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले कालिमाटीका ५१ र बालाजुका ६ सटर सञ्चालकलाई कारबाही स्वरुप मंगलबार सम्झौता तोड्ने निर्णय गरेको हो ।

सटर भाडामा लिएर आफूले कारोबार नगरी बीचमा धेरै मूनाफा राखी बेचेपछि खारेज गर्ने निर्णय गरेको कृषि तथा पशुपंक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले बताए ।

‘शंकास्पद ढंगले कारोबार गरेको सूचनापछि स्पष्टिकरण सोधका थियौं,’ प्रवक्ता सुवेदीले भने, ‘चित्तबुझ्दो जवाफ नआएपछि कारवाही ग-र्यौं ।’
खारेजीमा पर्नेमा थोक, खुद्रा, माछा बजार, केज भण्डार, फलफूल पसल छन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?