चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २७, २०७५
|
|
३७ पटक हेरिएको
Shares
चट्याङ लागेर २ बालकको मृत्यु, ५ जना घाइते

सारांश

  • सुर्खेत, २७ जेठ ।
  • चट्याङ लागेर चिङ्गाड गाउँपालिकामा स्कुले २ बालकको मृत्यु भएको छ ।
  • ५ जना घाइते भएका छन् ।

सुर्खेत, २७ जेठ । चट्याङ लागेर चिङ्गाड गाउँपालिकामा स्कुले २ बालकको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

आइतबार दिउँसो करिब ११ बजे प्रावि धारापानीमा चट्याङ परेको थियो । त्यसबाट विद्यालयमा पढिरहेका ७ वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको सुर्खेतका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले बताए । उनीहरु २ कक्षामा अध्ययनरत थिए ।

घटनामा १ कक्षामा अध्ययनरत निर्मल चन्द, पबित्रा शाहीसहित पाँचजना घाइते भएका छन् । उनीहरुको स्थानीय मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?