मेलम्चीको ठेक्का रद्द गर्ने सरकारको घोषणा
सारांश
- काठमाडौ ६,माघ ।
- सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ ।
- आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।
काठमाडौ ६,माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेको छ । आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।
सरकारले अन्तिम समयसम्म पहल गर्दा पनि सीएमसी वार्तामा नै नफर्किएपछि सम्झौता रद्द गर्न प्रक्रिया अघि बढेको हो । अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ ।
सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया