मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
सारांश
- शिखरन्युज ३ असार- विश्वकपमा शनिबार राति भएको खेलमा नेपालका अर्जेन्टिनाका समर्थक निराश भएका छन् ।
- विश्वकपमा शनिबार नेपाली समय अनुसार राति भएको खेलमा नवप्रवेशी आइसल्यान्डविरुद्ध अर्जेन्टिनाका प्रिय स्टार लियोनल मेसीले पेनाल्टी खेर फालेपछि बराबरी नतिजा निस्कँदा नेपाली समर्थक निराश बनेका हुन् ।
- आफ्नो देशको पक्षबाट खेल्दा मेसी निकै दबाबमा देखिएका छन् ।
शिखरन्युज ३ असार- विश्वकपमा शनिबार राति भएको खेलमा नेपालका अर्जेन्टिनाका समर्थक निराश भएका छन् । विश्वकपमा शनिबार नेपाली समय अनुसार राति भएको खेलमा नवप्रवेशी आइसल्यान्डविरुद्ध अर्जेन्टिनाका प्रिय स्टार लियोनल मेसीले पेनाल्टी खेर फालेपछि बराबरी नतिजा निस्कँदा नेपाली समर्थक निराश बनेका हुन् ।
आफ्नो देशको पक्षबाट खेल्दा मेसी निकै दबाबमा देखिएका छन् । उनी यस अघि नै फुटबलबाट सन्यास लिएका थिए । तर, देश र फुटबल समर्थकको आग्रहमा उनी फेरि खेलमा फर्केका हुन् । उनी शनिबारको खेलमा गोल हान्न नसकेपछि समर्थक र मेसी पनि निराश देखिएका थिए ।
विश्व फुटबलमै मेसी र रोनाल्डोको उत्कृष्ट भन्ने होड चलिरहेको बेला एक दिनअघि रोनाल्डो ह्याट्रिकसहित टोलीलाई ३ अंक दिलाएका थिए । तर, मेसीले पेनाल्टी चुकाउँदा अर्जेन्टिना १–१ को बराबरीमा सीमित भएको छ।
विश्वकपमा डेब्यु गरेको आइसल्यान्डले अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको थियो । आइसल्यान्डले रक्षात्मक खेल खेलेको थियो । गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेका थिए । विश्वकप फुटबलको इतिहासमा सबैभन्दा कम जनसंख्या भएको टिम आइसल्यान्डले शनिबार अर्जेन्टिनाका लियोनल मेसी, सर्जियो अग्विरो, एन्जेल डी मारिया र म्याक्सिमिलियानो मेजोजस्ता खेलाडीलाई रोक्न सफल भएको छ।
प्रतिक्रिया