७ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बन्दै
सारांश
- बैतडी।
- बैतडीमा अझै पनि ७ प्रतिशत युवतीहरु २० वर्ष उमेर नपुग्दै आमा बन्ने गरेको एक तथ्यांकले देखाएको छ।
- जिल्ला स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा बैतडीमा कुल ५ हजार ४ सय ४६ गर्भवती महिला मध्ये ४ सय ७ जना २० वर्ष मूनीका रहेका छन्।
बैतडी। बैतडीमा अझै पनि ७ प्रतिशत युवतीहरु २० वर्ष उमेर नपुग्दै आमा बन्ने गरेको एक तथ्यांकले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय बैतडीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा बैतडीमा कुल ५ हजार ४ सय ४६ गर्भवती महिला मध्ये ४ सय ७ जना २० वर्ष मूनीका रहेका छन्। गर्भ जाँच गराउन आएका महिला मध्ये ७ प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
रजस्वला नभई छोरीको विवाह गरी दिए पुण्य कमाइन्छ भन्ने मान्यताका आधारमा कलिलैले उमेरमा विवाह गर्ने प्रचलनका कारण पनि २० वर्षमूनी नै आमा बन्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जदीशचन्द्र बिष्टले बताए।
जिल्ला स्वास्थ्य कार्यालयको सम्पर्कमा आएको तथ्याङका अनुसार ७ प्रतिशत रहे पनि सम्पर्कमा नआएको यो भन्दा बढी हुन सक्ने उनको भनाइ छ।
प्रतिक्रिया