प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
३४ पटक हेरिएको
Shares
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ

सारांश

  • राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४,२७६ रुपैयाँ आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ ।
  • जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ ।
  • कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ ।

राष्ट्रिय ऋण प्रत्येक व्यक्तिको टाउकोमा २४,२७६ रुपैयाँ
आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ । कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व २ हजार १४७ रुपैयाँ ३४ पैसाले बढेको छ ।

सुकुमबासीका नाममा समिति, कामै नगरी आठ करोड खर्च
२ असार ०७१ मा मन्त्रिपरिषद्को निर्णयअनुसार ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान समिति गठन गरेको थियो । यस वर्ष आयोग र अन्तर्गतका समितिले विभिन्न पदाधिकारी एवं कर्मचारीको तलब भत्तामा चार करोड ७१ लाख, अन्य भत्तामा एक करोड २१ लाख र अनुगमन तथा भ्रमण, फर्निचरलगायतमा दुई करोड ३८ लाखसमेत आठ करोड ३० लाख खर्च गरेको छ । महालेखा भन्छ– उद्देश्यअनुरूपको कुनै कार्य गरेको नदेखिएकाले उक्त खर्च उपलब्धिविहीन भएको छ ।

कर्मचारी पेन्सनमा ३७ अर्ब, कुल बजेटको ४.४९ प्रतिशत
निवृत्त सरकारी कर्मचारीलाई पेन्सनबापत दिने रकम ०७१/७२ मा रु. २६ अर्ब १ करोड, ०७२/७३ मा ३४ अर्ब ९८ करोड र ०७३/७४ मा ३७ अर्ब १० करोड पुगेको छ । निवृत्तिभरण खर्च यस वर्षको सरकारको कुल खर्चको ४.४९ प्रतिशत र चालू खर्चको ७.१९ प्रतिशत छ । निवृत्तिभरण दायित्व बढ्दै गएको सन्दर्भमा योगदानमूलक निवृत्तिभरणको अवधारणालाई कार्यान्वयनमा ल्याउनुपर्ने व्यहोरा विगतदेखि औँल्याइएकोमा सरकारले बजेटमार्फत नीतिगत प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको टिप्पणी महालेखाको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
डब्लुटीओलाई दवाब दिनु अमेरिकाको अभिमानपूर्ण व्यवहार:चीन
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
मोदीले भने- आदिवासी तथा जनजाति दिवसमा सार्वजनिक बिदा देउ
नेपालले दोस्रो अभ्यास खेल खेल्दै
नेपालले दोस्रो अभ्यास खेल खेल्दै
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
विद्युत् आदानप्रदान समिति बैठक : विहारको ग्रिडमार्फत विद्युत् निर्यात हुने
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
दुई देशका प्रधानमन्त्रीद्वारा सम्झौताको पाँच वर्षपछि अरुण तेस्रोको शिलान्याश
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
वीरगन्ज राजधानी बनाउनेबारे राजेन्द्र महत्तोले खोले यस्तो रहस्य ?
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
नेपालको जनसंख्या आधा घट्ने
नेपालको जनसंख्या आधा घट्ने
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?
प्रमुख आयुक्तको टिप्पणीः अरु बेला गम्छा नदिने, चुनावमा टि-शर्ट बाँड्ने ?

तपाईंले छुटाउनुभयो कि?