मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
२४ पटक हेरिएको
Shares
मैले ९ महिना गर्भमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल फर्काइदिनुस् (भिडियोसहित)

सारांश

  • आफूले जन्म दिने छोराले सार्वजनिक रूपमा अश्लील गालीगलौजको भिडियो राखेपछि कुन चाहिँ आमाको मन रोला र ?
  • अहिले यस्तै तनावमा परेकी छन् काठमाडौं घट्टेकुलोकी रोजु अधिकारी ।
  • रोजुले छोरा सानो हुँदा राम्रो र असल मान्छे बनाउने सपना देखेकी थिइन् ।

आफूले जन्म दिने छोराले सार्वजनिक रूपमा अश्लील गालीगलौजको भिडियो राखेपछि कुन चाहिँ आमाको मन रोला र ? अहिले यस्तै तनावमा परेकी छन् काठमाडौं घट्टेकुलोकी रोजु अधिकारी । रोजुले छोरा सानो हुँदा राम्रो र असल मान्छे बनाउने सपना देखेकी थिइन् ।

बढ्दै जाँदा उनका छोरा साकार अधिकारी गीत संगीतमा लागे । उनी चर्चामै आएका ¥यापर हुन् । साकार आफूलाई रेली यम बुद्ध ठान्छन् । ¥यापर यम बुद्धले केही समयअघि मात्रै बेलायतमा आत्महत्या गरेका थिए । नेपालमा गीत संगीतमा क्रियाशील हुँदा साकार सामान्य अवस्थामा थिए ।

त्यसपछि उनी अष्ट्रेलिया पुगे । अहिले उनी अष्ट्रेलियाको न्युटनमा बस्छन् । विस्तारै उनलाई सिजोफ्रेनिया रोग समात्यो । यो रोग लागेपछि साइकोपाथ, तनाव र डिप्रेसन हुन्छ । विस्तारै मान्छेमा आत्महत्याको सोच बढ्ने चिकित्सकहरूको भनाइ छ ।

साकारको अहिले मानसिक सन्तुलन गुमिसकेको उनको परिवार र साथीहरूको भनाइ छ । यतिखेर उनले दिनहुँजसो अश्लील भिडियो सामाजिक सञ्जालमा राख्ने गरेका छन् । जसमा आफ्नो आमा र बहिनी तथा साथीभाइलाई गालीगलौज गरेको सुन्न सकिन्छ. हेर्नुहोस यस्तो छ उनको पारिवारिक अवस्था खुसि लुटीएकी आमाको रोदन मैले ९ महिना गर्बमा राखेर जन्माएको छोरो हो बिन्ती साकारलाई नेपाल लयाइदिनुस् ।

(भिडियो हेर्नुहोस)

https://www.youtube.com/watch?v=72flhRlkleM

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?