रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई अस्पतालमा उपचारका क्रममा समेत साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
- ‘प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ’, उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई अस्पतालमा उपचारका क्रममा समेत साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
‘प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ’, उनले भने । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।
यो पनि पढ्नुस्
साङ्लो लगाएर रेशम चौधरीको उपचार गरिदै

कैलाली जिल्ला कारागारमा आमरण अनशनमा रहेका प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट रेफर भएर वीर अस्पतालको क्याबिनमा राखेर उपचार गरिदैछ । चौधरीको वीरको स्पेसल क्याबिनमा राखेर उपचार गरिएको अस्पतालका स्वास्थ्यकर्मी सरोज शर्माले जानकारी दिए ।
उनले भने, ’रेशम चौधरीलाई हामीले अस्पतालको स्पेसल क्याबिनमा राखेर उपचार गरेका छौँ ।’ अञ्चल अस्पतालमा थप उपचार सम्भव नभएको र सुविधासम्पन अस्पतालमा पठाउन आवश्यक रहेको व्यहोराको पत्र अस्पतालले प्रशासनमा बुझाएपछि उनी सेती अञ्चलबाट काठमाडौं रेफर गरिएको हो । उनलाई हवाइजहाजबाट वीरमा ल्याई उपचार सुरु गरिएको हो । उपचारका क्रममा अस्पतालको शैयामा उनलाई खुट्टामा साङ्लोले बाँधेर राखिएको छ ।
चौधरी कैलाली क्षेत्र नंवर १ बाट ३४ हजार १ सय ४१ मत ल्याई प्रतिनिधि सभा सदस्यमा निर्वा्चित भएका थिए । टीकापुर घटनाका मुख्य ठहरिएपछि उनी जन्कैद सजाय भुक्तान गरिरहेका छन् । उनलाई भेट्न ठूलो संख्यामा शुभेच्छुक अस्पताल पुगेका थिए ।
प्रतिक्रिया