किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २०, २०७४
|
|
४२ पटक हेरिएको
Shares
किशोरकिशोरी यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्दछन्

सारांश

  • गौशाला, २० जेठ ।
  • महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् ।
  • बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।

गौशाला, २० जेठ । महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् ।
बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।

क्लिनिकले त्यस क्षेत्रका विद्यालय, कलेजलगायतका शैक्षिक संस्थामा पढ्ने १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सहज र सरल रुपमा जानकारी दिन थालेपछि उनीहरुले यसबारे खुलेरै कुरा गर्न थालेको क्लिनिकका परामर्शदाता शान्ता थापाले बताउनुभयो ।

अस्पताल परिसरमै सुरक्षित र सुविधा सम्पन्न त्यस क्लिनिकले किशोरकिशोरीलाई किशोरावस्थामा आइपर्ने समस्या, चुनौतीलगायतका प्रत्येक कुराबारेमा परामर्श दिनुका साथै परिवार नियोजन, यौन, एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य, पोषण, सुरक्षित गर्भपतन, मेडिकल र स्वास्थ्य शिक्षा तथा सञ्चारलगायतका सेवा निरन्तर रुपमा प्रदान गरिरहेका छन् ।
विगत चार वर्षदेखि निरन्तर रुपमा सञ्चालित सो क्लिनिकमा त्यस क्षेत्रका किशोरकिशारीलाई विभिन्न स्वास्थ्य सेवा दिनुका साथै अन्य उमेर समूहका युवायुवती तथा महिला पुरुषलाई पनि सुरक्षित यौन व्यवहारका कुरा सिकाउनु र सुरक्षित यौन सम्पर्कका साधन वितरण गरिने गरिएको बर्दिवास अस्पताल प्रमुख डा विधानचन्द्र झाले बताउनुभयो ।
यसैगरी क्लिनिकले यस क्षेत्रमा यौन हिंसा, जबरर्जस्ती करणी र आकस्मिक रुपमा यौन दुराचारमा परेकालाई पनि उचित परामर्श र गर्भपतनसम्मको सेवा प्रदान गर्ने गरिएको देखिएको छ ।

युएनएफपीएको आर्थिक एवम् प्राविधिक सहयोगमा निरन्तर रुपमा सञ्चालित सो क्लिनिक त्यस क्षेत्रका किशोर किशोरीका लागि निक्कै उपायोगी सावित भएको स्थानीय किशोर सनी महतोले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
यी हुन कानुन मिच्नेहरु नाम सहित- सरकारी गाडी दुरुपयोग, सेतो प्लेटलाई रातो बनाएर
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
कोटेश्वर–जडीबुटी सडक: तिहारअघि बेलिब्रिज सञ्चालनमा
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
अश्लिल वेबसाइट बन्द गर्नु समस्याको समाधान होईन: प्रियंका कार्की
बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत
बैंक लुटेर जेल परेका साह मुक्त हुँदा भव्य स्वागत
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
मतदातालाई आफ्नो पक्षमा पार्न दोलखाका राजनीतिक दल सक्रिय
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
आगामी चैतदेखि २० बर्षे पुरना निजी तथा सार्वजानिक सवारी हटाइदै…
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
निर्मला पन्त हत्याकाण्ड : ४८ दिनपछि अनुसन्धान झर्यो शून्यमा
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
आज साँझ चन्द्रग्रहण, ९ बजेपछि खान र सुत्न पनि नमिल्ने
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???