आफ्ना सांसदलाई असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेसको निर्देशन
सारांश
- काठमाडौं।
- नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।
- बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन पठाएका हुन्।
काठमाडौं। नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ। बुधबार कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई पार्टीको निर्देशन पठाएका हुन्।
‘काठमाडौं नछाड्न पार्टीले ह्वीप जारी गरेको छ। बाहिर भएकाहरुलाई पनि तत्काल काठमाडौं फर्किन भनिएको छ,’ कांग्रेस नेता एवं सांसद रामहरि खतिवडाले भने।
नेता खतिवडाले केही महत्वपूर्ण विधेयकहरु पारित गर्नुपर्ने अवस्थालाई मध्यनजर गरेर पार्टीले यस्तो निर्देशन जारी गरेको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया