ओली-प्रचण्डबीच एकता समापन हुनलागेको खगेन्द्र संग्रौलाको भविष्यवाणी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १४ कात्तिक ।
  • लेखक खगेन्द्र संग्रौलाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकता समापन हुने दिन नजिकिएको बताएका छन् ।
  • उनले दुवै नेताहरुको एकताको आधार सिद्धान्त र आदर्श नभई शक्ति र पैसाको लुछाचुडीको भएको टिप्पणी समेत गरेका छन् ।

काठमाडौं, १४ कात्तिक । लेखक खगेन्द्र संग्रौलाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकता समापन हुने दिन नजिकिएको बताएका छन् । उनले दुवै नेताहरुको एकताको आधार सिद्धान्त र आदर्श नभई शक्ति र पैसाको लुछाचुडीको भएको टिप्पणी समेत गरेका छन् ।

आज एक ट्वीट गर्दै संग्रौलाले ओली र प्रचण्डमध्ये एकले अर्कोलाई पार्टीबाट लखेट्ने दिन आउन लागेको समेत बताएका छन् । नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद बढ्दै जाँदा संग्रौलाको भनाई सार्वजनिक भएको हो ।

उनले लेखेका छन्ः नेकपा डबलका केपी र पीकेको “एकता”को आधार सिध्दान्त,आदर्श र मूल्य होइन।यो केवल अख्तियार र द्रव्ययुक्त पदहरूको लुछाचुँडीको “एकता” हो।यो अन्तहीन द्वेषपूर्ण लुछाचुँडीको अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ।अलि दिन बँच्नुमात्र पर्छ,यो “एकता”को समापन देखिन्छ।ओली(प्रचण्डबीच एकता समापन हुनलागेको खगेन्द्र संग्रौलाको भविष्यवाणी
काठमाडौं, १४ कात्तिक । लेखक खगेन्द्र संग्रौलाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको एकता समापन हुने दिन नजिकिएको बताएका छन् । उनले दुवै नेताहरुको एकताको आधार सिद्धान्त र आदर्श नभई शक्ति र पैसाको लुछाचुडीको भएको टिप्पणी समेत गरेका छन् ।

आज एक ट्वीट गर्दै संग्रौलाले ओली र प्रचण्डमध्ये एकले अर्कोलाई पार्टीबाट लखेट्ने दिन आउन लागेको समेत बताएका छन् । नेकपाभित्र अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद बढ्दै जाँदा संग्रौलाको भनाई सार्वजनिक भएको हो ।

उनले लेखेका छन्ः नेकपा डबलका केपी र पीकेको “एकता”को आधार सिध्दान्त,आदर्श र मूल्य होइन।यो केवल अख्तियार र द्रव्ययुक्त पदहरूको लुछाचुँडीको “एकता” हो।यो अन्तहीन द्वेषपूर्ण लुछाचुँडीको अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ।अलि दिन बँच्नुमात्र पर्छ,यो “एकता”को समापन देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?