मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
सारांश
- मोरङः विराटनगर महानगर, उर्लाबारी र कोशी हरैचा नगरपालिकाको ताजा मत परिणाम विराटनगर महानगरपालिकाको पछिल्लो मतगणनामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ ।
- कांग्रेस र एमालेको तीब्र प्रतिस्पर्धा रहेको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा रहेपनि एमाले र फोरम लोकतान्त्रिकले गठबन्धन गरेका छन् ।
- विराटनगर महानगर मेयर नेपाली कांग्रेस–भीम पराजुलीः २२० नेकपा एमाले–विनोद ढकालः २१८ उपमेयर नेपाली कांग्रेस–इन्दिरा कार्कीः १५६ फोरम लोकतान्त्रिक–सुची चौधरीः १६८ माओवादी केन्द्र, नमिता न्यौपानेः ३० उर्लाबारी नगरपालिका मेयर नेकपा एमालेः ९१५ नेपाली कांग्रेसः ७२२ माओवादीः ३३८ उपमेयर नेकपा एमालेः ९५३ नेपाली कांग्रेसः ५७६ माओवादी केन्द्रः ३८१ कोशी हरैचा नगरपालिका मेयर नेकपा एमालेः १४५० नेपाली कांग्रेसः १३७५ माओवादी केन्द्रः ३०० मंगलसेन–१४ मा एमालेले कांग्रेस–माओवादी गठनबन्धनलाई हरायो अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ ।
मोरङः विराटनगर महानगर, उर्लाबारी र कोशी हरैचा नगरपालिकाको ताजा मत परिणाम
विराटनगर महानगरपालिकाको पछिल्लो मतगणनामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेस र एमालेको तीब्र प्रतिस्पर्धा रहेको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा रहेपनि एमाले र फोरम लोकतान्त्रिकले गठबन्धन गरेका छन् ।
विराटनगर महानगर
मेयर
- नेपाली कांग्रेस–भीम पराजुलीः २२०
- नेकपा एमाले–विनोद ढकालः २१८
उपमेयर
- नेपाली कांग्रेस–इन्दिरा कार्कीः १५६
- फोरम लोकतान्त्रिक–सुची चौधरीः १६८
- माओवादी केन्द्र, नमिता न्यौपानेः ३०
उर्लाबारी नगरपालिका
मेयर
- नेकपा एमालेः ९१५
- नेपाली कांग्रेसः ७२२
- माओवादीः ३३८
उपमेयर
- नेकपा एमालेः ९५३
- नेपाली कांग्रेसः ५७६
- माओवादी केन्द्रः ३८१
कोशी हरैचा नगरपालिका
मेयर
- नेकपा एमालेः १४५०
- नेपाली कांग्रेसः १३७५
- माओवादी केन्द्रः ३००
मंगलसेन–१४ मा एमालेले कांग्रेस–माओवादी गठनबन्धनलाई हरायो
अछामको मंगलसेन नगरपालिका वडा नम्बर १४ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ । कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै नेकपा एमालेका तेजबहादुर भण्डारी ४ सय ७८ मत ल्याएर विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठनबन्धनका गणेश सोडारीले ४ सय ५६ मत ल्याउनुभयो । यस्तै मेयरमा पनि एमाले अगाडि छ ।
मेयर
- नेकपा एमालेः पदम बोहराः ४६५
- कांग्रेस–माओवादीः चन्द्रप्रसाद ढुुङ्गनाः ३८१
उपमेयर
- नेकपा एमालेः सरिता उपाध्यायः ४७१
- कांग्रेस–माओवादीः रोहीना भण्डारीः ४६९
यस्तै अछामको ढकारी गाउँपालिकाको वडा नम्बर ६, ७ र ८ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ५ मा एमाले विजयी भएको छ ।
यस्तै कमलबजार नगरपालिकाको वडा नम्बर १, २ र ३ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ४ मा नेकपा एमाले विजयी भएको छ ।
मेल्लेख गाउँपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजयी हुँदा रामारोशन गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको छ ।
गुल्मीः रेसुङगा नगरपालिकाको ६ वटा वडामा कांग्रेसको प्यानलै विजयी
गुल्मीको रेसुङगा नगरपालिका ६ वटा वडामा नेपाली कांगे्रसको प्यानलै विजयी भएको छ । रेसुङगाको वडा नम्बर १, २, ३, १२, १३ र १४ को मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस विजयी भएको हो । वडा १ मा अखिलेश्वरप्रसाद पाण्डे, २ मा उदयबहादुर थापा, ३ मा थम्मनबहादुर खत्री, १२ मा कुलबहादुर थापा, १३ मा खुमबहादुर थापा र १४ मा शेरबहादुर पहराई अध्यक्षमा विजयी हुनुभएको हो ।
इटहरी उपमहानगरको ताजा मत परिणाम
सुनसरीको इटहरी उपमहानगरपालिकामा अहिले मतगणना भइरहेको छ । उपमहानगरको मेयरमा कांग्रेस तथा उपमेयर एमालेले अग्रता लिएको छ ।
ताजा मत परिणाम यस्तो छ ।
मेयर
- कांग्रेसः रोहित प्रसाई–७४०
- एमालेः द्धवारीलाल चौधरी–६१४
उपमेयर
- कांग्रेसः बिमला शिवाकोटी–५७८
- एमालेः लक्ष्मी गौतम–७६४
प्रतिक्रिया