घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ
सारांश
- काठमाडौं, २० पुस ।
- भरतपुर नापी कार्यालयका एक कर्मचारी २० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।
- उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले नापी अधिकृत राजेश कर्माचार्यलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
काठमाडौं, २० पुस । भरतपुर नापी कार्यालयका एक कर्मचारी २० हजार घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले नापी अधिकृत राजेश कर्माचार्यलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले हिजो भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमिन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए ।
पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया