मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २८, २०७६
|
|
२२ पटक हेरिएको
Shares
मौसम फेरि खराब, देशभर हुरीबतास र चट्याङसहित वर्षा हुने

सारांश

  • काठमाडौं ।
  • केही दिनदेखि सुधार भएको मौसममा फेरि खराबी देखिने पूर्वानुमान गरिएको छ ।
  • आगामी तीन दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

काठमाडौं । केही दिनदेखि सुधार भएको मौसममा फेरि खराबी देखिने पूर्वानुमान गरिएको छ ।

आगामी तीन दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आगामी तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले बताए । उनका अनुसार कतैकतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।

अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरि बढेको गर्मी केही कम हुने उनले बताए । केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्ने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?