म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साता भित्र दरखास्त मागिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १, २०७८
|
|
१९ पटक हेरिएको
Shares
म्यादी प्रहरीका लागि चार अर्ब बजेट, एक साता भित्र दरखास्त मागिने

सारांश

  • काठमाडौंं।
  • स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ।
  • प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिए।

काठमाडौंं। स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ। प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले चार अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले स्वीकृत गरेको जानकारी दिए।

यता, अर्थ मन्त्रालयका प्रवक्ता धुन्डीप्रसाद निरौलाले म्यादी प्रहरी भर्नाका लागि बजेट स्वीकृत भएको जानकारी दिए। मन्त्रालयले एक लाख म्यादी प्रहरीका लागि बजेट निकास गरेको हो । यद्यपी, प्रहरी प्रधान कार्यालयले एक लाख १८ हजार म्यादी चाहिने प्रस्ताव गरेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता केसीका अनुसार ४० दिनका लागि म्यादी प्रहरीलाई भर्ना लिइने भएको छ । अब एक साताभित्र दरआस्त आह्वान गर्नेगरी तयारी भएको समेत उनले बताए। म्यादी प्रहरीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपियाँ र रासन बापत सात हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । साथै छ हजार बराबरको लत्ता कपडा, एक हजार गाडी भाडा पाउनेछन् ।

म्यादी प्रहरीले तलब, भत्ता र रासन जोडेर करिब साढे ४४ हजार पाउँछन्। म्यादी प्रहरी वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन्। म्यादी प्रहरी भर्नाको आह्वानका लागि गोरखापत्र दैनिक र नेपाल प्रहरीको वेबसाइटमा सूचना प्रकाशित गरिने प्रवक्ता केसीले जानकारी दिनुभयो । भर्नाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पूर्व प्रहरी, नेनाबाट निवृत्त भएका वा जागिर छोडेका मानिसहरुलाई प्राथमिकतामा रहेका छन् । स्थानीय तह निर्वाचन आगामी वर्षको वैशाख ३० गते हुँदै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?