डोनल्ड ट्रम्पले दिए हिंसा बढ्ने चेतावनी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा हुने संसदीय निर्वाचनमा विपक्षी डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू ‘हिंसात्मक रूपले’ उल्ट्याइने चेतावनी दिएका छन् ।
  • नोभेम्बरमा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान तथा माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि निर्वाचनहरू हुँदैछन् ।
  • ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमतसङ्ग्रह सरह हुने ट्रम्पले बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा हुने संसदीय निर्वाचनमा विपक्षी डेमोक्र्याटिक दलले जिते आफ्ना नीतिहरू ‘हिंसात्मक रूपले’ उल्ट्याइने चेतावनी दिएका छन् ।

नोभेम्बरमा अमेरिकी तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ स्थान तथा माथिल्लो सदन सिनेटका १०० मध्ये ३५ स्थानका लागि निर्वाचनहरू हुँदैछन् ।ती निर्वाचन वाक् एवम् धार्मिक स्वतन्त्रताका निम्ति जनमतसङ्ग्रह सरह हुने ट्रम्पले बताएका छन् । इभान्जेलिकल इसाई अगुवाहरूसँगको ट्रम्पको बैठकमा उनले त्यसो भनेको टेप सार्वजनिक भएको थियो ।

त्यो बैठकमा ट्रम्पले आउँदो निर्वाचन आफ्ना लागि मात्र नभई ‘तपाईँहरूको धर्म अनि वाक् स्वतन्त्रता र पहिलो संशोधन (अमेरिकी संविधानको पहिलो संशोधनले आधारभूत स्वतन्त्रताहरूको प्रत्याभूति गर्छ) का लागि पनि जनमतसङ्ग्रह सरह हुने बताए । साथै रिपब्लिकनहरूले नजिते आफूले गरेका सबै कामलाई छिट्टै र हिंसात्मक रूपले उल्ट्याइने चेतावनी उनले दिए ।

हिंसाबारे बोल्दै उनले एन्टी फा समूहप्रति सङ्केत गरे र ती समूह हिंसक भएको बताए। एन्टी फासिस्ट वा एन्टी फा अतिवामपन्थीविरोधी समूह हो जसको अतिदक्षिणपन्थीसँग बारम्बार मुठभेड भइरहन्छ ।हालै उनका पूर्ववकिल तथा राष्ट्रपतीय निर्वाचन अभियानका पूर्वप्रमुखहरू विभिन्न कसुरमा दोषी पाइएपछि ट्रम्पले कटु आलोचना खेपिरहेका छन्।हाल प्रतिनिधिसभा तथा सिनेट दुवैमा रिपब्लिकनहरूको बहुमत छ। तर आउने चुनावमा डेमोक्र्याटहरूले धेरै जित्ने उनीहरूको अनुमान छ।

यदि प्रतिनिधिसभाको नियन्त्रण डेमोक्र्याटहरूको हातमा पुगे ट्रम्पको शासनको क्षमतामा अङ्कुश लाग्न सक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?