म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
४९ पटक हेरिएको
Shares
म्यादी प्रहरीमा दोब्बरभन्दा बढीको निवेदन

सारांश

  • पोखरा, ३१ असोज   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको निवेदन परेको छ ।
  • सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
  • उहाँका अनुसार अन्तिम दिन सोमबार मात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो ।

पोखरा, ३१ असोज   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले म्यादी प्रहरीको भर्ना खुलाएकामा दोब्बरभन्दा बढीको निवेदन परेको छ ।

सोमबार साँझसम्म दुई हजार ६४२ जनाले निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम दिन सोमबार मात्रै ८४२ जनाले निवेदन दिएको र राति ९ बजेसम्म निवेदन दर्ता गरिएको थियो । मंसिर २१ गते हुने ती दुवै निर्वाचनका लागि एक हजार म्यादी प्रहरीको खाँचो पर्ने र कात्तिक ५ गतेदेखि छनोटको प्रक्रिया शुरु गरिने बताइएको छ ।

निवेदन दिएकामध्ये दुई हजार १४७ पुरुष र ४९५ महिला छन् । निवेदन दिनेमा दशौँं कक्षा उत्तीर्णदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेका पनि छन् । स्थानीय तहको निर्वाचनमा ९८८ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?