म बिरुद्द फेरि कुप्रचार सुरु भयो बामदेब गौतम ।
सारांश
- फागुन १८, काठमाण्डौ ।
- फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो।
- नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।
फागुन १८, काठमाण्डौ । फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रविन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उमेदवार वन्ने आशा राखेको आरोप लगाइएको छ।यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छाविपरित पार्टीले निर्णयगरेछभने पनि मं कं रविन्द्रको दुखद निधनवाट खालिभएको निर्वाचन क्षेत्रमॉ उमेदवार वन्ने छैन। मेरो संपूर्ण प्रयत्न स्व.क.रविन्द्रको परिवार सदस्यलाई नै उमेदवार वनाउन लगाउने छु। वामदेव गौतम सदस्य, नेकपा के.सचिवालय ।

प्रतिक्रिया