म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
म हुँ अबकाे राष्ट्रपति: झलनाथ खनाल

सारांश

  • काठमाडौँ, , माघ २५ ।
  • सार्वजनिक रूपमै एमाले नेता झलनाथ खनाले आफू राष्ट्रपतिका लागि इच्छुक रहेको बताएका छन् ।
  • तर एमाले अध्यक्ष केपी शर्मा ओलीले हुन्न भनेका छन् ।

काठमाडौँ, , माघ २५ । सार्वजनिक रूपमै एमाले नेता झलनाथ खनाले आफू राष्ट्रपतिका लागि इच्छुक रहेको बताएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले हुन्न भनेका छन् । अन्तत झलनाथ खनालकाे राष्ट्रपति बन्ने सपनामा ब्रेक लाग्ने देखिएकाे छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष अाेलीबीच शक्ति बाँडफाँडको कुरा हुँदा भावि राष्ट्रपतिको माधव नेपाल र झलनाथ खनालको विकल्प अगाडि सारियाे । प्रचण्डले झलनाथ खनालकाे नाम अघि सार्दा ओलीले ठाडै ‘हुन्न’ भने ।

एमालेका शक्तिशाली अध्यक्ष ओलीको यही शब्द झलनाथ खनालको शीतल निवास पस्ने चाहनामा ब्रेकलाग्ने सम्भावना छ । तर, झलनाथ खनालले याे हुनै नसक्ने अभिव्यक्ति दिएका छन् ।

झलनाथकाे इच्छामाथि ब्रेक लाउन राष्ट्रपति विद्यादेवी भण्डारीले कोसिस गरिरहेकी छिन् । उनी फेरि राष्ट्रपति बन्ने चाहना अाेलीसंग गरेकी छिन् । सवै तहकाे चुनाव सकियाे अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँड हुन बाँकी छ ।

प्रधानमन्त्रीमा ओली एक्ला दाबेदार भए पनि अन्य पदका लागि लडाइँ जारी छ । राष्ट्रपतिका लागि झलनाथ खनालको दौडमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि दाैडगरिरहेकी छिन । प्रमुख दलका नेतासँगको बाक्लो भेटघाट जारी राखेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?