“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
“मदनभण्डारीले भन्नुभएको छ,राजनीतिको रङ्ग खैरो र रेडक्रसको  रङ्ग हरियो हुन्छ रे “-पूर्वउद्योगमन्त्री बस्नेत

सारांश

  • भक्तपुर, ७ फागुन ।
  • नेपाल रेडक्रस सोसाइटी स्वर्ण महोत्सव वर्ष, २४औं जिल्ला सभा उद्घाटन तथा बालकोट उपशाखाको एम्बुलेन्स शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले राजनीतिमा कुनै पनि हालतमा विपक्षिलाई सिध्याउने खेल हुने तर रेडक्रस जस्ता सामाजिक संस्थाको मूख्य उद्देश्य कसैलाई हराउनु नभई सवैलाई समेट्नु, सेवाको भाव जगाउनु लगायतको हुने बताउनुभयो ।
  • कार्यक्रममा उहाँले भन्नुभयो, ‘मदन भण्डारीले एउटा कुरा भन्नुभएको छ, राजनीतिको रङ्ग खैरो हुन्छ, रेडक्रस जस्ताको रङ्ग चाँही हरीयो हुन्छ रे ।

भक्तपुर, ७ फागुन ।

नेपाल रेडक्रस सोसाइटी स्वर्ण महोत्सव वर्ष, २४औं जिल्ला सभा उद्घाटन तथा बालकोट उपशाखाको एम्बुलेन्स शुभारम्भ कार्यक्रममा बोल्दै सांसद बस्नेतले राजनीतिमा कुनै पनि हालतमा विपक्षिलाई सिध्याउने खेल हुने तर रेडक्रस जस्ता सामाजिक संस्थाको मूख्य उद्देश्य कसैलाई हराउनु नभई सवैलाई समेट्नु, सेवाको भाव जगाउनु लगायतको हुने बताउनुभयो ।

कार्यक्रममा उहाँले भन्नुभयो, ‘मदन भण्डारीले एउटा कुरा भन्नुभएको छ, राजनीतिको रङ्ग खैरो हुन्छ, रेडक्रस जस्ताको रङ्ग चाँही हरीयो हुन्छ रे । राजनीति किन खैरो हुन्छ रे भन्दा राजनीतिले जहिले पनि विपक्षलाई हराउने मुख्य उद्देश्य हुुन्छ, हराउनेको निम्ती के के हुन्छ त्यो सवै भन्दिने । रेडक्रस जस्तो संस्थाको रङ्ग हरियो किन हुन्छ भने यस्ता संस्थाको मूख्य उद्देश्य कसैलाई हराउनु नभई सवैलाई समेट्नु, सेवाको भाव जगाउनु लगायतको हुन्छ ।

’(नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीतिक गर्नेको रङ्ग खैरो हुने तथा रेडक्रस जस्तो सामाजिक संस्थाहरुको रङ्ग भने हरियो हुने बताउनुभएको छ ।

समाज सेवामा लाग्ने मानिस आलोचनाको पात्र नभई राष्ट्र निर्माणको मेरुदण्ड भएको बताउँदै उहाँले सामाजिक क्षेत्रमा लाग्ने मानिस कुनै लोभ लालचमा लागेको नभई निस्वार्थ लागेको बताउनुभयो । जे कुरालाई पनि पैसासँग तुलना गर्नु नकरात्मक सोचाई भएको बताउँदै उहाँले ९५ प्रतिशत नेपाली समाज आफ्नो इमान तथा इज्जत पैसामा विक्नेखाले नभएको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले रेडक्रसमा कुनै जात, धर्म, संस्कृति, राजनीति लगायतका कुराहरु नहुने बताउनुभयो । उहाँले सामाजिक सेवाको भावना नै समृद्धिको आधार भएको बताउँदै विकास र सामाजिक सेवाको काममा मानिसको अनुहार एउटा आवरण चाँही अर्कै हुने गरेको दुखेसो व्यक्त गर्नुभयो ।

सांसद बस्नेतले रेडक्रममा समावेश हुने सवै कुरालाई छोडि सामाजिक सेवाको भाव हुनुपर्ने बताउँदै भक्तपुरमा सफाई, भुकम्प तथा दैविक विपत्तीमा सर्वप्रथम रेडक्रसको नै उपस्थिती हुने गरेकोले जनताको सारथीको रुपमा रेडक्रस रहेको बताउनुभयो ।

निस्वार्थ सामाजिक सेवाको भाव भएको टिमलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, ‘केटाकेटीलाई एक केजी चिनी किन्न १०० रुपैया दिएर पठायो भने एक केजी चिनी त ल्याउँछ तर बाँकी पैसा फिर्ता दिंदैन, यसबाट के प्रष्ट हुन्छ भने हाम्रो समाजमा जानेर वा नजानेर आफै भ्रष्टिकरण गरिरहेका छौं, यसलाई रोक्नु अहिलेको अपरिहार्य रहेको छ ।’

अनियमितता नगरेवापत सम्मान गर्नुपर्नेमा समाजमा अपमान गर्ने प्रवृत्तिको हावी भइरहेको बताउँदै सांसद बस्नेतले स्रोत साधन तथा आर्थिक रुपमा सम्पन्न भएकालाई सम्मान नभएकालाई घृणित गर्ने कार्य बढी हुने गरेको र यसलाई रोक्न हामीले अहिलेदेखि नै शुरु गर्नुपर्ने बताउनुभयो ।

इमान्दार मानिसलाई समाजमा छिछि दुरदुर गर्ने क्रमको विकास तिव्र भएको बताउँदै उहाँले मानसिक चेतनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवै नागरिकले सत्य तथा तथ्यको आधारमा विश्लेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

भ्रष्टाचार तथा राष्ट्र विरोधी गतिविधि गर्नेको दिन गन्ती शुरु भएको बताउँदै सांसद बस्नेतले भ्रष्टाचार विरुद्ध सरकाले कडा कदम चाल्नेमा सवैलाई ढुक्क हुन आग्रह समेत गर्नुभयो । उहाँले सरकारले भ्रष्टचार विरुद्धको अभियान नै सञ्चालन गरिहेको बताउँदै भ्रष्टाचार गर्ने साना या ठूला जो कोहीलाई पनि कानुनी दायरामा ल्याई देशलाई भ्रष्टचारमुक्त बनाउने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो
नेकपामा जनसङ्गठन र विशेष कमिटीको नेतृत्व तोकियो
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
राष्ट्रपति पौडेलद्वारा स्वं गणेशमान सिंहको पूर्णकदको प्रतिमाको अनावरण
४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड
४३ सय मेगावाट क्षमताका पाँच आयोजना अगाडि बढाउँदै लगानी बोर्ड
​सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा
​सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थगित, क्रान्तिकारीले माग्यो पदाधिकारीको राजिनामा
पल शाहलाई फेरि तनहुँ लगियो
पल शाहलाई फेरि तनहुँ लगियो
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
एनपिएलः रोहित पौडेलको सानदार प्रदर्शन
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
ललितपुर बलात्कार घटना: अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि…
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाल बहुसांस्कृतिक हुनु नेपालीका लागि गौरव : प्रधानमन्त्री प्रचण्ड
नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु
नेपाली कामदार बोकेको बस मलेसियामा दुर्घटना, ८ को मृत्यु
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी
प्रदेश मुकाम नभएपछि ‘आर्थिक राजधानी’ बनाउन हौसिए चितवनवासी

तपाईंले छुटाउनुभयो कि?