यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
यसकारण बस्दैछ नेकपाकाे सचिवालय बैठक

सारांश

  • काठमाडौं, २१ असाेज।
  •  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।
  • पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेकाले सचिवालय बैठक बस्न लागेको हो ।

काठमाडौं, २१ असाेज। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेकाले सचिवालय बैठक बस्न लागेको हो । प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद बाहि आएको थियो ।

दुई पार्टीका जिल्ला तथा जनवर्गीय संगठनको एकतामा समेत ढिलाइ भइरहेका बेला अमेरिका तथा सिंगापुर भ्रमणबाट फर्किएलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आइतबारका लागि सचिवालय बैठक बोलाएका हुन्। बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने जनाइएको छ। नेकपाभित्र पार्टीका तल्ला तहका समितिमा एकता हुँदा जिम्मेवारी कसले लिने भन्ने विषयमा पूर्व दुई समूह तथा ती समूहमा समेत आन्तरिक प्रतिस्पर्धाले तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ। प्रदेश तहको जिम्मेवारी समेत स्थायी समितिमा नलगि दुई अध्यक्षले निर्णय गरी सचिवालय मार्फत टुंग्याएको भन्दै पार्टी भित्रै विरोध हुँदै आएको छ। दुई पार्टीको एकता घोषणा भएको लामो समय पुगिसक्दा समेत आधिकारीक निर्णय गर्ने वैद्यानिक निकाय स्थायी समितिको बैठक बस्न सकिरहेको छैन।

पार्टीभित्र आन्तरिक असन्तुष्टि बढ्दै जाँदा पार्टीका शीर्ष तहदेखि तल्लो तहका नेताहरुसमेत एक अर्काको आलोचना तथा घोचपेचमा उत्रिने गरेका छन्। आइतबार बस्ने सचिवालय बैठकले पार्टीभित्र बढिरहेका असन्तुष्टि र पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने नेकपाका नेताहरूले बताएका छन्। नेकपाका अध्यक्ष दाहालले शनिबार एक कार्यक्रममा बोल्दै सचिवालय बैठकले पार्टीभित्र देखिएका विवाद समाधानका लागि पहल गर्ने बताएका छन्। शनिबार दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले विवादका विषयमा सचिवालयमार्फत समाधान खोजिने जनाएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?