बसको ठक्करबाट एक को मृत्यु एक घाईते
सारांश
- सप्तरी,३१ जेठ।
- सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
- पूर्व बाट वीरगञ्जतर्फ जाँदै गरेको मे१ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स६प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
सप्तरी,३१ जेठ। सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
पूर्व बाट वीरगञ्जतर्फ जाँदै गरेको मे१ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स६प ७५५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।
ठक्करबाट मोटरसाइकल मा सवार सप्तरीको रुपनी –३ बस्ने धर्मेन्द्र साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ। यस्तै, सोही मोटरसाइकलमा सवार शम्भुनाथ नगरपालिका–३ का वैजनाथ साह सिकिस्त घाइते भएका छन्।
गम्भीर घाइते भएका वैजनाथको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ। यता बस र चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय, कल्याणपुरले नियन्त्रणमा राखेको छ।
प्रतिक्रिया