यसकारण भिम रावल पार्टी एकताप्रति असन्तुष्ट !
सारांश
- काठमाण्डौ, ५ जेठ।
- तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भिम रावलले व्यक्तिगत रुपमा पूर्ण सन्तुष्ट हुन नसके पनि दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा खुशी भएको बताएका छन् ।
- नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले नेताहरुको व्यवस्थापन राष्ट्रहित हुने गरी गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए ।
काठमाण्डौ, ५ जेठ। तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भिम रावलले व्यक्तिगत रुपमा पूर्ण सन्तुष्ट हुन नसके पनि दुई पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेकोमा खुशी भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै रावलले नेताहरुको व्यवस्थापन राष्ट्रहित हुने गरी गर्नुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए ।
आफू सुरुदेखि नै एमाले र माओवादीबीच एकता हुनुपर्छ भन्ने पक्षमा रहेकाले पार्टी एकताले खुशी बनाएको उनले बताए ।
तर नेताहरुको व्यवस्थापन कसरी हुन्छ भन्नेमा आफू चिन्तित रहेको रावलले बताए ।
“पार्टीभित्र नेताहरुको व्यवस्थापन कसरी हुन्छ, निर्णय कसरी हुन्छ, त्यसमा मेरो छलफल हुन बाँकी छ ।” रावलले भने । आफ्नो असन्तुष्टी र दाबीका विषयमा पार्टीभित्र कुरा राख्ने उनले स्पष्ट पारे ।
आफ्नो भूमिकाका बारेमा रावलले कार्यकर्ताले मूल्याङ्कन गर्ने बताए । विगतमा पार्टीभित्रको विवाद मिलाउने काममा आफ्नो ठूलो भूमिका रहेको स्मरण गराउँदै उनले अहिले पनि सोहीअनुसार कार्यकर्ता र पार्टी पंक्तिले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गरे ।
नौ सदस्यीय सचिवालयमा अहिले आफूलाई नराखिए पनि पछि राखिनेमा उनी आशावादी देखिए । “अहिले नौ सदस्यीय सचिवालय बनेको छ । यो नै अन्तिम सत्य त होइन होला ।” रावलले भने ।
धेरै विषयमा पार्टीभित्र छलफल हुन बाँकी रहेको भन्दै रावलले स्थायी समिति बैठकमा कुरा उठ्ने बताए । पार्टीभित्र आफ्नो असन्तुष्टी र विचार राख्ने रावलको भनाई छ ।
आफू सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ भनेर लामो समयदेखि माथिल्लो तहमा भएका मतभेदहरुलाई मिलाउँदै आएको व्यक्ति भएको दाबी गर्दै रावलले भने, “मैले राष्ट्रको स्वार्थको अधिनमा रहेर आफ्नो स्वार्थ राख्नुपर्छ भन्ने मान्यता राख्दै आएको छु । पार्टीलाई अगाडि बढाउँदा हामीले सामाजिक न्याय, समावेशिता लगायतका सम्पूर्ण कुरालाई ध्यानमा राख्नुपर्छ । यसलाई पार्टीको विधान र कार्यक्रमले अंगिकार गरेको छ । यससम्बन्धमा म छलफल गर्छु ।” उनले भने ।
नयाँ पार्टी नेकपाले तल्लो तहसम्मको संगठन निर्माणका लागि ठूलो चुनौतिको सामना गर्नुपर्ने रावलले औँल्याए । “केन्द्रमा घोषणा त गर्यौँ, तर पार्टीका तल्लो तहका कमिटि, जनवर्गीय संगठनमा अन्याय नहोस् । सक्रियता र भूमिकाका आधारमा सबैलाई न्याय गर्नुपर्छ ।”
राष्ट्रिय स्वार्थका लागि दुई दल मिलेर एउटै पार्टी बनाएको रावलले दाबी गरे ।
रावल पार्टी एकता घोषणा कार्यक्रममा सहभागि थिएनन् ।
Bijendra Kumar Rai
Rawaljilai anyaye bhayekai ho !
KS Gyalvo
पाटीमा मात्रा हुनु ओलिको अर्दली नहुनाको परिनाम