बुद्ध भारतमा जन्मिएका हुन् भन्ने दलाई लामालाई के पि ओलीले के सुझाब दिए ?
सारांश
- १० मंसिर, काठमाडौं ।
- एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक नेता दलाई लामालाई बुद्धको जन्मस्थान बारे दिएको गलत बयान सच्याउन आग्रह गरेका छन् ।
- काठमाडौं क्षेत्र न.
१० मंसिर, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक नेता दलाई लामालाई बुद्धको जन्मस्थान बारे दिएको गलत बयान सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं क्षेत्र न. ३ मा बौद्धमा आयोजित चुनावीसभा तथा पार्टी प्रवेश कार्यक्रममा आइतबार बोल्दै उनले बुद्ध नेपालमा जन्मेका हुन भन्ने ऐतिहासिक तथ्य हुँदाहुँदै त्यसलाई बंग्याएर भारतमा जन्मेका हुन भन्ने ‘दुराशययुक्त’ र ‘गैरजिम्मेवार’ अभिव्यक्ति नदिन चेतावनी दिए ।
‘बुद्ध नेपालमा जन्मिएका हुन, जन्मथलो नेपाल हो भन्ने २६६१ बर्ष अघि नै लेखिएको हो’ ओलीले भने । ‘दलाई लामाले बुद्ध भारतीय हुन, भारतमा जन्मेका हुन भन्दै नेपालीहरुको राष्ट्रिय संवेदनशिलतामाथि खेल्नु भएको छ । म उहाँलाई उक्त गल्ती तत्काल सच्याउन आग्रह गर्छु । गल्ती सच्याउनु भएन भने उहाँलाई पश्चताप हुन्छ ।’
पृथकताबादी नेता लामाले केही दिन पहिले गौतम बुद्ध नेपाली, चिनियाँ र तिव्वती नभई भारतीय भएको बताएका थिए ।
Tiljapun Magar
आज भोली त यस्तो लाग्छ यस्ता प्रतिकार गर्ने हिम्मत त केपि ओलि सग मात्रै छ कि ? होइन भने अरु किन बोल्दैन्न
Kumar Thapa
Galat