नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
नेपालमा पानीजहाज ल्याउने यस्तो छ ओली सरकारको तयारी

सारांश

  • काठमाडाै, १७ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो साता सम्पन्न चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणमा सहकार्य गर्ने सम्झौता भयो भने त्यसअघि भएको भारत भ्रमणका क्रममा बीरगञ्ज-काठमाडौँ जोड्ने रेलमार्ग निर्माणमा सहयोग गर्ने बचन भारतले दियो।
  • काठमाडौैँसम्म आ-आफ्ना रेलवे लाइन ल्याउन बेइजिङ र नयाँदिल्लीबीच एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ।

काठमाडाै, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो साता सम्पन्न चीन भ्रमणका क्रममा रेलमार्ग निर्माणमा सहकार्य गर्ने सम्झौता भयो भने त्यसअघि भएको भारत भ्रमणका क्रममा बीरगञ्ज-काठमाडौँ जोड्ने रेलमार्ग निर्माणमा सहयोग गर्ने बचन भारतले दियो।

काठमाडौैँसम्म आ-आफ्ना रेलवे लाइन ल्याउन बेइजिङ र नयाँदिल्लीबीच एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ। र, यो प्रतिस्पर्धाले ओली सरकारको अर्काे रोचक प्राथमिकतामा रहेको आफ्नै पानीजहाज चलाउने विषयलाई ओझेलमा पारेको छ।

तर, मन्त्री परिषद स्रोतका भनाईमा, सरकारले प्राथमिकतामा राखेको आफ्नै पानीजहाज चलाउने योजनाले यसै बर्ष मूर्तरुप पाउने सम्भावना छ। नेपाल आफैँले साना आकारका पानीजहाज खरिद गर्ने र तिनलाई कोशी र गण्डकीमा चलाउने सरकारको योजना छ।

‘कोशीको साढे ३ देखि पाँच मिटरसम्म र गण्डकीको गहिराई कम्तिमा साढे ४ मिटर गहिराई देखिएको छ, त्यसैले यी दुई नदीमा पानी जहाज चलाउन सकिने प्रारम्भिक निचोड छ’ प्रधानमन्त्री ओली निकट एक मन्त्रीले भने, ‘त्यसै आधारमा पानी जहाज चलाउने योजना बनाइँदैछ।’

कोशी र गण्डकीको पानीको अहिलेको गहिराईका आधारमा २०–३० वटा ट्रकले बोक्ने बराबरको सामान बोक्न सक्ने पानीजहाज चल्न सक्ने उनले बताए। उनले थपे, ‘त्यसैले, सुरुमा साना आकारका १०-१२ वटा पानी जहाज ल्याइनेछन् र त्यसपछि ठूला पानीजहाज ल्याउने योजना छ।’

स्रोतका भनाईमा, ओली कम्तिमा ८०-९० वटा ठूला ट्रकमा अट्ने सामान बोक्न सक्ने पानी जहाज ल्याउने पक्षमा छन्। त्यसका लागि चाहिँ दुबै नदीको पानीको गहिराई बढाउनुपर्ने हुन्छ। गहिराई बढाउन बाँध बाध्नुपर्ने हुन्छ। तर, बाँधले पानीजहाजको मार्गमा अबरोध सिर्जना गर्नेछ।

त्यसैले, तत्कालका लागि साना आकारका पानीजहाज ल्याउने योजनामा प्रधानमन्त्री ओली छन्। ‘तर, उहाँको योजना ठूला आकारका पानीजहाज नै ल्याउने हो’ स्रोतले भन्यो, यो योजना कार्यान्वयनका लागि चाहिँ केही समय लाग्ने देखिएको छ।’

ओली सरकारले यसअघि नै जलमार्गको सम्भाव्यता अध्ययनका लागि समिति बनाइसकेको छ। १७ जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा समिति गठनको निर्णय १७ जेठको मन्त्री परिषद बैठकले गरेको थियो। समितिमा विभिन्न मन्त्रालयका प्रतिनिधि रहेका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    ओहो कति ठुलो जहाज ल्याएको, अब त्रिपुरेस्वोर – नाचघर चलाउने त होलानी ओलि बा ले ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
सयौं कम्पनीका लाइसेन्स खारेज गर्ने सरकारको तयारी
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
बन्ने भयो नेपालकै पहिलो सुरुङ मार्ग, प्रधानमन्त्री ओलीले गरे शिलान्यास
कस्ताे रहनेछ आजकाे माैसम ?
कस्ताे रहनेछ आजकाे माैसम ?
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
अब ६ स्थानको नतिजा आउन बाँकी, कहाँ कसको अग्रता ?
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
चन्द्रग्रहण,कुन राशिका लागि शुभ, कुनका लागि अशुभ ? के गर्ने, के नगर्ने
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
बंगलादेशसँग पराजित हुँदै एशिया कपबाट बाहिरियो नेपाल
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

तपाईंले छुटाउनुभयो कि?