काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
काठमाडौंमा सुषमा स्वराज, स्वागतमा उदय शमशेर

सारांश

  • काठमाडौं, १८ माघ ।
  • भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आइपुगेकी छन् ।
  • दुई दिने नेपाल भ्रमणका लागि आएकी स्वराज चढेको जहाज अपरान्ह ४ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

काठमाडौं, १८ माघ । भारतीय विदेशमन्त्री सुषमा स्वराज काठमाडौं आइपुगेकी छन् । दुई दिने नेपाल भ्रमणका लागि आएकी स्वराज चढेको जहाज अपरान्ह ४ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

विदेशमन्त्री स्वराजको स्वागत गर्न अर्थराज्यमन्त्री उदयशमशेर राणा त्रिभुवन विमानस्थल पुगेका थिए । स्वराजका साथमा विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविसकुमार र दुई जना सञ्चारकर्मीलगायत भारतीय अधिकारी छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्च राजनीतिक व्यक्तित्वसँग भेटघाट गर्नेछिन् । उनको सम्मानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बेलुका होटल सोल्टीमा रात्रिभोजको आयोजना गर्दैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?