यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति

सारांश

  • नेपाल मगर संघले भव्य रूपमा माघे संक्रान्ति पर्व मनाउने तयारी गरेको छ ।
  • बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले माघे संक्रान्ति (माधे सकराती) को अवसरमा आउने १ माघमा काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रमबारे जानकारी गराएको हो ।
  • मगर समुदायले माघे संक्रन्तिलाई आफ्नो समुदायको प्रमुख चाडका रूपमा मनाउने परम्परा रहिआएकाले विगतमा झैं यस वर्ष पनि भव्यताका साथ उक्त पर्व मनाउन लागिएको मगर संघका अध्यक्ष नवीन रोका मगरले बताए ।

नेपाल मगर संघले भव्य रूपमा माघे संक्रान्ति पर्व मनाउने तयारी गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले माघे संक्रान्ति (माधे सकराती) को अवसरमा आउने १ माघमा काठमाडौंको भृकुटीमण्डपमा गर्न लागिएको कार्यक्रमबारे जानकारी गराएको हो ।

मगर समुदायले माघे संक्रन्तिलाई आफ्नो समुदायको प्रमुख चाडका रूपमा मनाउने परम्परा रहिआएकाले विगतमा झैं यस वर्ष पनि भव्यताका साथ उक्त पर्व मनाउन लागिएको मगर संघका अध्यक्ष नवीन रोका मगरले बताए ।

‘मगर समुदायको मौलिक चाड भनेकै माघे सकराती हो,’ उनले भने, ‘त्यसकारण यो चाड हाम्रो पहिचानसँग जोडिएको छ ।

’ यो वर्ष पहिचान र अधिकारसहितको संघीयता र आदिवासी जनजातिलगायत उत्पीडित नेपालीको अधिकार प्राप्तिको आन्दोलनका रूपमा यो पर्व मनाउन लागिएको उनको भनाइ छ ।

२०६५ सालमा माघे संक्रान्तिलाई मगर समुदायको प्रमुख राष्ट्रिय चाड भनी मान्यता दिएकोमा उनले तत्कालीन नेपाल सरकारलाई धन्यवाद दिए ।

कार्यक्रममा मगर समुदायको भाषा, संस्कृति, इतिहास र सामाजिक मूल्यमान्यताबारे अवलोकन गर्न सकिने भएकाले सबै नेपालीलाई कार्यक्रममा सहभागी भइदिन उनले आग्रह गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्य रहने आयोजकले बताएको छ ।

कार्यक्रमको आकर्षण मगर जातिको परम्परागत खानाको स्टल, विविध मौलिक गीतसंगीतको प्रस्तुति, धनुषबाणले तारा हान्ने खेललगायत रहने संघका सचिव ज्ञानेन्द्र पुन मगरले बताए । मगर संघले २०६६ सालदेखि हरेक वर्ष संस्थागत रूपमा यो पर्व मनाउँदै आएको उनको भनाइ छ ।

(www.stellardental.my)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?