यसो भने आफ्नै जीवनबारे प्रचण्डले…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
यसो भने आफ्नै जीवनबारे प्रचण्डले…

सारांश

  • काठमाडाै, पुस ३० ।
  •   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् ।
  • देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् ।

काठमाडाै, पुस ३० ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धनसँग अहिले अवसर र चुनौती दुवै रहेको बताएका छन् ।देशभक्त गणतान्त्रिक मञ्चद्धारा राजधानीमा आयोजित कार्यक्रमा प्रचण्डले यस्तो बताएका हुन् ।

अाजकाे नयाँपत्रिका दैनिकमा खबर छ – वामगठबन्धनको सरकार बनेपछि देशमा स्थायित्व, विकास र सुशासन कायम गर्ने प्रचण्डले बताए । देशले थुप्रै प्रकारका समस्या झेलेर अहिले सही ट्र्याकमा आएको उनले बताए ।

‘एक वर्ष अगाडिको समयलाई हामीले कल्पनासमेत गर्न सक्दैनौँ । सविधान त घोषणा भयो तर कार्यन्वयन हुने हो कि होइन ? भन्ने प्रश्न निक्कै पेचिलो थियो ।’ प्रचण्डले भने, ‘मधेसमा आन्दोलन र छिमेकसँगको सम्बन्ध चिसिएको थियो । देशको आर्थिक स्थिति निक्कै ऋणात्मक थियो ।’

उनले सविधान कार्यन्वयन नहुँदा राजनीतिक शून्यताबाट देशको भविष्य, राष्ट्रिय एकता र भौगोलिक अखण्डता के हुने भन्ने प्रश्न चिन्तित बनाउने गरेको बताए । प्रचण्डले गम्भिर प्रश्नको समाधान भइसकेको जिकिर गरे ।

प्रचण्डले आफ्नै जिवनबारे यसो भने…

आफ्नो जीवन निकै उतारचढावपूर्ण रह्यो । २०४६ सालको जनआन्दोलन पहिला सानो पार्टीको महासचिव भएको थिएँ । तुरुन्तै धेरै पार्टीहरु मिलाएर एकता केन्द्र मशाल बनाएँ । त्यो पाँच वर्ष संसदको उपयोग गरेपछि १० वर्ष जनयुद्धको नेतृत्व गरे ।

तत्कालिन ७ राजनीतिक दलबीच १२ बुँदे समझारी र विस्तृत शान्ति सम्झौता भयो । देश लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भयो । गणतन्त्र आउँदासम्म पनि सविधान बन्ने हो/होइन ? निकै कठिन थियो ।

धेरै ठूला अप्ठ्यारा, जटिलता तोड्दै सविधान घोषणा त गर्‍यौँ । तर, कार्यन्वनको पाटो फलामको चिउँरा चपाए जत्तिकै चुनौती र सकसपूर्ण थियो । यस्ता, अनेकन प्रकारका चुनौती र झमेलको सामना गर्दै स्थानीय तह देखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको भएको छ ।

स्थिर र बलियो कम्युनिष्ट सरकार बनाउने अवस्थासम्म आइपुग्यौँ। यी घटनाक्रमलाई स्पष्ट विम्ब अर्थात् चित्रमा देख्न सकिन्छ भने नेतृत्वको जिवन पनि निकै उतारचढावपूर्ण रहेको स्पष्टमा चित्र देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
हेलिकोप्टर दुर्घटना:जिवितै भेटिइ डोल्माआनी ,६ जनाको मृत्यु
द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’
द्वन्द्वकालका बलात्कृतहरुको प्रश्न – ‘खै न्याय ?’
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
गिरिजाप्रसादको निर्णायक भूमिका नभएको भए कम्युनिष्टले मात्रै गणतन्त्र ल्याउन सक्दैनथ्यौँ : नेम्वाङ
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
नेकपाका अध्यक्ष प्रचण्ड आज भारत जाँदै
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर
सयौं वर्षको इतिहास बोकेको कालिका मन्दिर
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
सामाजिक सुरक्षा भत्ता नपाउँदा स्वास्थ्य उपचारमा समस्या
रक्षाबन्धन तथा जनै पूर्णिमा भोलि, यस्तो छ कारण