निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ११, २०७७
|
|
३५ पटक हेरिएको
Shares
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

सारांश

  • काठमाडौं : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
  • बिहीबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो ।
  •  दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्।

काठमाडौं : जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान निर्वाचन आयोगमा पार्टी दर्ता भएको हो ।  दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी दर्ता गराएका हुन्।

दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता बिहीबार बिहानै निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।  बुधबार राती राजपा र समाजवादीबीच एकता भएको थियो। नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको थियो।

एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ । बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए।

प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र मन्त्रिपरिषद् बैठकबाट दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो । बाहिरी हल्ला विपरित बुधबार राती  राजपा र समाजवादीबीच एकता भएको हो । संघीय संसदमा राजपा र समाजवादीका १७/१७ गरेर । ३४ सांसद रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरबसले १५ हजार कर्मचारी बिदा गर्दै
एयरबसले १५ हजार कर्मचारी बिदा गर्दै
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
दुवईमा पक्राउ परेका खड्काले एकैपटकमा ४५० किलोसम्म सुन पठाउँथे
दुवईमा पक्राउ परेका खड्काले एकैपटकमा ४५० किलोसम्म सुन पठाउँथे
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
माओवादी मन्त्रीलाई हटाउन प्रधानमन्त्रीलाई कांग्रेसभित्रै दबाब,
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
हमास आक्रामण पछिको एउटा ‘सेल्फी चुम्बन’, जो अहिले भइरहेछ भाइरल
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’
ओलीसँग प्रचण्डको निर्णायक वार्ता हुने, कुरा नमिले कडा कदमको तयारी
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
अपहरणमा परिएको बालकको उद्धार, अपहरणकारी पक्राउ
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता
क्यान्सरसँग जुधेका संजयलाई एकपछि अर्को सफलता