एक हजार एक सय नौ जनालाई संविधानसभा पदक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १६, २०७६
|
|
१७ पटक हेरिएको
Shares
एक हजार एक सय नौ जनालाई संविधानसभा पदक

सारांश

  • काठमाडौं, १६ जेठ ।
  • सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ ।
  • गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् ।

काठमाडौं, १६ जेठ । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ । गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् ।

पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ । संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् ।पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा। रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?