भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

सारांश

  • भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् ।
  • कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उहाँको ८८ वर्षीया श्रीमति कोरोना मुक्त भएको संक्रमणबाट मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
  • दुबैजनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको थियो ।

भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षीय एक पुरुष र उहाँको ८८ वर्षीया श्रीमति कोरोना मुक्त भएको संक्रमणबाट मुक्त भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । दुबैजनामा करिब एक महिना अघि संक्रमणको पुष्टि भएको थियो ।

अस्पताल अधिकारीले दुबैजनालाई अन्तिम परीक्षण गरी घर पठाइने तयारी गरिएको जनाएका छन् । दक्षिणी भारतको केरला राज्यका दम्पत्ती आफ्नो छोरी र ज्वाईको सम्पर्कमा आउँदा कोभिड–१९ बाट संक्रमित हुनुभएको थियो । दम्पत्तीकी छोरी र ज्वाई इटालीबाट फर्केका थिए । बीबीसीका अनुसार संक्रमित पुरुष उच्च रक्तचाप र मधुमेहको बिरामी समेत हुनुहुन्थ्यो । विश्वब्यापी रुपमा उच्च रक्तचाप र मधुमेहका बिरामी कोभिड–१९ को संक्रमित भए मृत्युको जोखिम उच्च रहने अनुमान गरिएको छ । उहाँलाई २४ घण्टासम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

संक्रमित दुबैजनालाई केरलको कोट्टायम मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सक डा. आरपी रेञ्जिनले तीन साता अघि भर्ना गरिदा दुबैजनाको स्वास्थ्य अवस्था जटिल र रिसाहा स्वभावको रहेको प्रतिक्रिया दिएका छन् । आईसीयूमा दुबैजनालाई अलग अलग भर्ना गरिएकोमा पछि काँचले छुट्याइएको एकै कोठामा दुबैजनाले एक अर्कोलाई हेर्न सक्ने गरी राखिएको थियो । एकै कोठामा राख्दा दुबै जना खुशी देखिएको डा. रेञ्जिनले बताएका छन् ।

छोरी र ज्वाई दुबैजना इटालीबाट भारत फर्किदा विमानस्थलमा स्क्रिनिङ्ग छलेर घर पुगेका थिए । स्वास्थ्य अधिकारीले संक्रमित रहेको पुष्टि गर्दा परिवारका कतिपय सदस्यलाई संक्रमित बनाइसकेका थिए । भारतमा बुधबारसम्म संक्रमितको संख्या करिब एक हजार सात सय पुगेको छ । करिब ५० जनाको मृत्यु भएको छ । हालसम्म करिब एक सय पचास जना कोभिड–१९ संक्रमित संक्रमण मुक्त भएका छन् । (गोरखापत्रबाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौ १ गतेदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण देखिएन
भदौ १ गतेदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण देखिएन
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
बलात्कारको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया को हत्या
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
सुरु भयो काठमाडौँमा साझाको रात्रीबस, थाहा पाउनुस् कुन–कुन रुटमा चल्छ ?
चुनाव चिह्न लिँदै दलहरु, अन्तिम नामावली आजै
सरकारको सय दिन पुग्नै लाग्दा ब्युँझिए विपक्षी
सरकारको सय दिन पुग्नै लाग्दा ब्युँझिए विपक्षी
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
एमालेसँग राजपा नजिकिदैं, सरकारबाट समर्थन फिर्ता लिने तयारी
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
कोभिड–१९ बाट विदेशमा १४ नेपालीको मृत्यु, ६६५ मा सङ्क्रमण पुष्टि
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
आलेख : दरबन्दी छ, डाक्टर छैनन्, आएका पनि टिक्दैनन्
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
संघियता खारेज गर्ने प्रयत्नमा ठुलै दलका ठुलै नेता लागे !!! प्रधानमन्त्री दाहाल…
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण