यसो भने गोरखामा प्रचण्डबारे नारायणकाजीले ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
यसो भने गोरखामा प्रचण्डबारे नारायणकाजीले ?

सारांश

  • गोरखा ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा असहयोग गरेको भनेर फैलाइएको हल्लाबारे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुख खोलेका छन् ।
  • गोरखामा बसेको निर्वाचन समिक्षा बैठकमा नेता श्रेष्ठले पार्टीबाटै असहयोग भयो भन्ने कुरा हल्ला मात्रै भएको समेत स्पष्ट पारे ।

गोरखा । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा असहयोग गरेको भनेर फैलाइएको हल्लाबारे माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मुख खोलेका छन् ।

गोरखामा बसेको निर्वाचन समिक्षा बैठकमा नेता श्रेष्ठले पार्टीबाटै असहयोग भयो भन्ने कुरा हल्ला मात्रै भएको समेत स्पष्ट पारे । उनले यस पटकको निर्वाचनमा आफूलाई जनताले नपत्याएको स्विकार समेत गरेका छन् ।

‘अध्यक्षले नै असहयोग गर्नुभयो भन्ने हल्ला पनि चलाए तर त्यस्तो होइन,’ श्रेष्ठले भने, ‘सबैले सहयोग गर्नुभएको छ, म उहाँहरुप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

नेता श्रेष्ठले मतदाताहरुलाई धन्यवाद दिँदै आफुले हारे पनि देशैभर वामपन्थीको शानदार विजय भएकोले खुसी रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?