भारतीय क्रिकेटका पूर्व कप्तानकाे निधन !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
४९ पटक हेरिएको
Shares
भारतीय क्रिकेटका पूर्व कप्तानकाे निधन !

सारांश

  • काठमाडाैँ, ३१ साउन ।
  • भारतीय क्रिकेट टिमका पूर्व कप्तान अाजित बाडेकरकाेे ७७ वर्षकाे उमेरमा क्यान्सरका कारण मृत्यु भएकाे छ ।
  • वाडेकर भारतीय वान डे क्रिकेट टिमका पहिला कप्तान हुन् ।

काठमाडाैँ, ३१ साउन । भारतीय क्रिकेट टिमका पूर्व कप्तान अाजित बाडेकरकाेे ७७ वर्षकाे उमेरमा क्यान्सरका कारण मृत्यु भएकाे छ । वाडेकर भारतीय वान डे क्रिकेट टिमका पहिला कप्तान हुन् । उनलेे सन १९६६ देखि १९७४ सम्म भारतीय क्रकेट टिमकाे लागि खेलेका थिए । भने उनकाे प्रथम श्रेणीकाे क्रिकेट करिअर भने १९५८ बाट नै सुरु भएकाे थियाे ।

सन १९४१ मा मुम्बइमा जन्मेका अाजित वाडेकर पछिल्लाे समय क्यान्सर राेगले पिडित थिए ।

देब्रे हाते ब्याट्सम्यान वाडेकर एक उत्कृष्ट कप्तानीकाे लागि चिनिने गर्छन् । उनकै कप्तानीमा भारतले तत्कालीन विश्व विजेता वेष्ट इण्डिजसँगकाे एकदिवसीय सिरिज अाफ्नाे नाममा पारेकाे थियाे । र इंग्ल्यान्डसँगकाे तिन खेलकाे शृंखला पनि जितेकाे थियाे ।

वाडेकरले खेलेका ३७ खेलमा एक सतक र १४ अर्धसतक सहित २११३ रन बनाएका थिए । उनले भारतका प्रतिष्ठित पुरस्कार अर्जुन अवार्ड र पद्मश्री पनि पाएका थिए ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?