बबितालाई मायाको अर्थ बुझाउँदै आसुतोष (भिडियोसहित)
सारांश
- काठमाडौं ।
- नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न गीतहरु सार्वजनिक भईरहँदा अर्को नयाँ गीत पनि थपिएको छ ।
- गायक आसुतोष राई र गायिका बबिता राईको आवाजमा रहेको ‘यही त माया हो’ बोलको बि.
काठमाडौं । नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न गीतहरु सार्वजनिक भईरहँदा अर्को नयाँ गीत पनि थपिएको छ । गायक आसुतोष राई र गायिका बबिता राईको आवाजमा रहेको ‘यही त माया हो’ बोलको बि.एण्ड बि. गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक आसुतोष राईको यो गीतको भिडियोलाई सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । यो गीतको शब्द तथा संगीत पनि गायक राईको आफ्नै रहेको छ । गीतलाई दीनेश न्यौपानेले एरेञ्ज गरेका हुन्, भने छायाङ्कन र सम्पादन अनील कटवालको रहेको छ ।
यो गीत गायक राईको आगामी गीती एल्बम ‘रिलेशन’मा समाबेश गरिएको छ ।‘रिलेशन’ एल्बममा जम्मा पाँच वटा गीतहरु समाबेश गरिने गायक राईले जानकारी गराएका छन् ।
‘रिलेशन’ एल्बममा समाबेश गरिने पाँचै वटा गीतको शब्द, संगीत तथा स्वर गायक राईको आफ्नै रहनेछ भने उनलाई गायिका बबिता राईले साथ दिएकी छन् ।
‘रिलेशन’ एल्मबको अन्तिम गीत पनि रेकर्डिङ भईसकेको गायक राई बताउँछन् ।
https://www.youtube.com/watch?v=uehqLJT48d0&feature=youtu.be
प्रतिक्रिया