बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २, २०७९
|
|
३९ पटक हेरिएको
Shares
बझाङमा जीप  दुर्घटना हुदा ६ जनाको मृत्यु

सारांश

  • काठमाडौ ।
  • बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ ।
  • बुधबार दिउसो बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

काठमाडौ । बझाङमा जीप दुर्घटना हुदा ६ जनाको मृत्यु भएको छ । बुधबार दिउसो बझाङको मष्टा गाउँपालिका–१ तुफान डाँडामा सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुपप्र ०१–००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट दुई सय मिटर तल खसेर भीरमा अडकिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिपमा कति जना सवार थिए भन्ने खुलेको छैन । अहिलेसम्म छ जनाको शव फेला परेको र कति जना घाईते भएका छन् भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी छ । घाइतेहरूको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरूले उद्धार गरेर जिल्ला अस्पताल सिमखेतमा ल्याउँदै छन् । सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्कँदै गरेका यात्रुहरू दुर्घटनामा परेको मष्टा गाँउपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिए । भीरमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
देवेन्द्र पौडेलको काउन्टरः हेक्का होस् प्रवेश होईन, एकीकरण गर्न खोजेका हौँ
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री  देउवा लाई  खुल्ला पत्र  !
नेपाली कांग्रेसका सहिद पुत्रको प्रधान मन्त्री देउवा लाई खुल्ला पत्र !
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
पूर्वप्रधानमन्त्री खनाल र पूर्वसभामुख नेम्बाङले गरे मनोनयन दर्ता
Spotify remove ‘hate conduct’ policy
Spotify remove ‘hate conduct’ policy
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
आइजीपी भन्छन् : निर्मला प्रकरणमा सुरुबाटै गडबडी भयो, अपराधीलाई छाड्दैनौँ
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
ट्रक दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गयाे
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
अमिलिया–तुलसीपुर सडकको बेहाल, सम्बन्धित निकाय अर्काको टाउकोमा दोष थोपर्न व्यस्त
संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो
संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा
प्रदेश १ का मुख्यमन्त्री राई विवादमा, पति दावी गर्दै हालिन् एक महिलाले मुद्दा