यस्ताे छ ​रक्षामन्त्री पोखरेलको सम्पति विवरण !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
यस्ताे छ ​रक्षामन्त्री पोखरेलको सम्पति विवरण !

सारांश

  • काठमाडौं, १०जेठ।
  •   रक्षामन्त्री ईश्वर पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी गरेकाे खुलाएका छन ।
  • बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पती विवरण अनुसार पाेखरेलले  तीन वटा कम्पनीमा शेयर लगानी  गरेकाे  देखाएका हुन ।

काठमाडौं, १०जेठ।  रक्षामन्त्री ईश्वर पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी गरेकाे खुलाएका छन ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पती विवरण अनुसार पाेखरेलले  तीन वटा कम्पनीमा शेयर लगानी  गरेकाे  देखाएका हुन ।

उनकाे तीनै वटा कम्पनीमा श्रीमती मिराको नाममा लगानी  रहेकाे छ।
बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्। बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ।

मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ। जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख  गरेका छन्। आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्।

पोखरेलको ४ ठाउँमा जग्गा र घर छ। टोखामा २३ आना जग्गामा उनको घर छ। पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको उनले बताएका छन्।

झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ। जसमध्ये चन्द्रगढीको जग्गा  उनकै नाममा छ भने अरु श्रीमतीको नाममा छ।

हेर्नुहाेस पुरा बिवरण।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?