ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या

Author Author
|
मंगलबार, माघ १३, २०८२
|
|
६७ पटक हेरिएको
Shares
ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या

सारांश

  • ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या न्युज अफ नेपाल १३ माघ २०८२, मंगलवार १३:५९ 0 Shares ओखलढुंगा।
  • ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित भदौरेमा एक वृद्ध दम्पतीको निर्मम हत्या भएको छ।
  • भदौरेमा दम्पती हत्या भएको घटना सेलाउन नपाउँदै पुनः अर्को दम्पतीको हत्या भएको हो।

ओखलढुंगाको भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या


ओखलढुंगा।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित भदौरेमा एक वृद्ध दम्पतीको निर्मम हत्या भएको छ। भदौरेमा दम्पती हत्या भएको घटना सेलाउन नपाउँदै पुनः अर्को दम्पतीको हत्या भएको हो। बोहोरे गाउँमा सानो पसल सञ्चालन गर्दै आएका करिब ८० वर्षका चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईलाई सोमबार राति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरीले जनाएको छ। घरमा दुवै जना मात्रै बस्दै आएका राई दम्पतीको हत्या भएपछि घरभित्र लुटपाटसमेत गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। हाल घटनाबारे प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धरानबाट तालिमप्राप्त खोजी कुकुरसमेत मगाइएको छ।

यसअघि पनि गत पुस १५ गते भदौरेकै सोभितडाँडामा सोभितमान थापामगर र रत्नमाया थापामगरको हत्या भएको थियो। उक्त घटनापछि लुटपाटसमेत भएको थियो। सो हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरिसकेको छ। एक महिनाको अन्तरालमा एउटै स्थानमा उस्तै प्रकृतिका घटना दोहोरिनुले स्थानीयमा त्रास फैलिएको छ।

प्रतिक्रिया

2 कमेन्ट

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?