मानव अधिकारकर्मीद्वारा थुनुवालाई न्यानो कम्बल वितरण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
२८ पटक हेरिएको
Shares
मानव अधिकारकर्मीद्वारा थुनुवालाई न्यानो कम्बल वितरण

सारांश

  • माधव बेल्वासे कपिलवस्तु, माघ ४ ,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले प्रहरी हिरासतमा रहेका थुनुवालाई न्यानो कम्बल वितरण गरेको छ ।
  • पुस माघको बढ्दो चिसोलाई मध्यनजर गर्दै प्रतिष्ठानले इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई न्यानो कम्बल प्रदान गरेको हो ।
  • प्रतिष्ठानका उपसभापति बिमला पौडेल, सल्लाहकार सुरज अधिकारी, फिलिप मोहम्मद, सहसचिव भक्ति पौडेल, सक्रिय सदस्य विष्णु प्रसाद अधिकारी, ढुण्डीराज अधिकारी र पारसमणी पाण्डेयको आर्थिक सहयोगमा ७ थान न्यानो कम्बल र आछ्याउने पीफर्म खरीद गरी प्रदान गरिएको प्रतिष्ठानका उपसभापति भूमिराज भट्टराईले जानकारी दिए ।

माधव बेल्वासे
कपिलवस्तु, माघ ४ ,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुले प्रहरी हिरासतमा रहेका थुनुवालाई न्यानो कम्बल वितरण गरेको छ । पुस माघको बढ्दो चिसोलाई मध्यनजर गर्दै प्रतिष्ठानले इलाका प्रहरी कार्यालय कृष्णनगरको प्रहरी हिरासतमा रहेका थुनुवाहरुलाई न्यानो कम्बल प्रदान गरेको हो ।
प्रतिष्ठानका उपसभापति बिमला पौडेल, सल्लाहकार सुरज अधिकारी, फिलिप मोहम्मद, सहसचिव भक्ति पौडेल, सक्रिय सदस्य विष्णु प्रसाद अधिकारी, ढुण्डीराज अधिकारी र पारसमणी पाण्डेयको आर्थिक सहयोगमा ७ थान न्यानो कम्बल र आछ्याउने पीफर्म खरीद गरी प्रदान गरिएको प्रतिष्ठानका उपसभापति भूमिराज भट्टराईले जानकारी दिए ।
प्रमुख प्रहरी निरीक्षक सुभाष गैरेलाई ७ थान कम्बल र ओछ्याउने पी–फर्म हस्तान्तरण गरिएको थियो । न्यानो कपडा हस्तान्तरण गर्दै प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णुप्रसाद खतिवडाले आफूहरुको सहयोगले थुनुवाहरुलाई केही भएपनि राहत पुग्ने विश्वास व्यक्त गरे

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेल, कृष्णनगर नगरपालिका वडा नं. २ का वडाध्यक्ष सञ्जय गुप्ता, समाजसेवी शरद अधिकारी लगायतको उपस्थितिमा न्यानो कम्बल प्रदान गरिएको हो । अहिले कृष्णनगर प्रहरी कार्यालयको हिरासतमा विभिन्न मुद्धाका ५ जना थुनुवाहरु रहेका छन् । यसअघि पनि प्रतिष्ठानले आफ्नै सदस्यहरुबाट रकम उठाई वडा प्रहरी कार्यालय चन्द्रौटाको हिरासतमा रहेका थुनुवाहरुका लागि ८ थान न्यानो कम्बल वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?