राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
राष्ट्र बैंकले दियो गोर्खाज फाइनान्सलाई बजार निर्माता इजाजतपत्र

सारांश

  • काठमाडौं, २७ भदौ ।
  • नेपाल राष्ट्र बैंकले गोर्खाज फाइनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ ।
  • गोर्खाज फाइनान्स लिमिटेडले अबदेखि नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाइनान्स लिमिटेडले जनाएको छ ।

काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकले गोर्खाज फाइनान्स लिमिटेडलाई बजार निर्माता इजाजत पत्र प्रदान गरेको छ ।

गोर्खाज फाइनान्स लिमिटेडले अबदेखि नेपाल राष्ट्र बैंकद्वारा निष्कासित राष्ट्रिय बचतपत्र र नागरिक बचतपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार र बैदेशिक रोजगार बचतपत्रको दोस्रो बजार कारोबार गर्न पाउने गोर्खाज फाइनान्स लिमिटेडले जनाएको छ ।

ग्राहकहरुले यो सेवा गोर्खाज फाइनान्स लिमिटेडको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंबाट प्राप्त गर्नेछन् । हाल गोर्खाज फाइनान्स लिमिटेडको चुक्ता पूँजी ८७ करोड रहेको छ ।

फाइनान्सले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ, इ–बैंकिङ, डेबिट कार्ड, आइपिएस जस्ता आधुनिक सेवा प्रदान गरिरहको छ । फाइनान्सको हाल नेपालभरि २२ वटा शाखा रहेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?