यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
यस्ता गुण भएकी नारी जसले परिवारमा सुख र समृद्धि भित्राउँछन

सारांश

  • काठमाडौं ।
  • भनिन्छ नारी संसारकी प्रतिमूर्ति हुन ।
  • घरलाई कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा नारीको हातमा हुन्छ ।

काठमाडौं । भनिन्छ नारी संसारकी प्रतिमूर्ति हुन । घरलाई कस्तो बनाउने भन्ने सम्पुर्ण जिम्मा नारीको हातमा हुन्छ । एउटी नारी राम्रो आचरण ,गुण ,शिल ,स्वभाव भएकी छे भने त्यो घर स्वर्ग जस्तै हुन्छ । हिन्दु धर्म शास्त्रमा पनि नारीका यस्ता गुणबारे चर्चा गरिएको छ ।

– जो मीठो बचन बोल्छ । जसको आवाज मधुर छ र हरेक क्षण मायालु बोली ब्यवहार दर्शाउँछिन् ।

– आस्तिक, सेवा भाव राख्ने, क्षमाशील, दानशील, बुद्धिमान, दयावान, कर्तव्य पालना पूर्ण निष्ठाका साथ गर्ने नारी ।

– जो स्त्री तनले भन्दा मनले सुन्दर छिन् ।

– जो घरमा आएका आगन्तुकलाई हार्दिकताका साथ स्वागत गर्छन् ।

– अर्काको दुख देखेर आफ्नो सामाथ्र्य अनुसार सहयोग गर्ने र अर्काले दुखबाट उन्मुक्ति पाउँदा आनन्द अनुभूत गर्ने नारी ।

– घरका सबै सदस्यालाई उत्तिकै प्रेम, सम्मान, श्रद्धापूर्वक व्यवहार गर्ने । सबैलाई मिठो९मसिनो र स्वस्थ्यकर खाना ख्वाउने नारी

– जो प्रत्येक दिन स्नान गरेर सफा एवं स्वच्छ वस्त्र लगाएर घरमा प्रवेश गर्छिन् ।

– बिहान९साँझ पूजाआजा गर्ने, दीप एवं धूपले घरलाई सुगन्धित बनाउने नारी ।

– पतिव्रत धर्मको पालना गर्ने नारी ।

– धर्म र नीतिको मार्गमा चल्नका लागि परिवारलाई प्रेरित गर्ने नारी ।

यो पनि पढ्नुहोस्

कंगनामाथि पोस्टर चोरीको आरोप

काठमाडौं। कंगना रनावत अभिनित चलचित्र ‘जजमेन्टल हे क्या ?’ प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो । अहिले फेरि प्रदर्शनमा आइसकेपछि यो चलचित्र फेरि नयाँ विवादमा तानिएकाे छ । यो चलचित्रलाई अहिले पोस्टर चोरी गरेको आरोप लागेको छ । हङ्गेरीकी महिला फोटोग्राफर फोरा बोर्सीले चलचित्रले पोस्टर चोरी गरेको आरोप लगाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन, ‘यो चलचित्रको पोस्टरले मेरो कलाको चोरी गरेको छ । कृपया कसैले केही सम्झाउन सक्छ, यो के भैरहेको छ ? यो सही होइन ।’

   उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र चलचित्रको पोस्टर पोस्ट गर्दै लेखेकी छिन्, ‘के तपाईँहरुले केही समानता देखिरहनु भएको छ ? यो चर्चित बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को पोष्टर हो । यसको प्रयोग गर्नुअघि न त मेरो अनुमति लिइएको थियो, न त मसँग कुनै कुराकानी नै भएको थियो । यो ठूला कम्पनीहरुको लागि लाजमर्दो कुरा हो, जसले हामीजस्ता स्वतन्त्र कलाकारको कलाको चोरी गर्छ ।’

एकता कपूरको निर्माण तथा प्रकाश कोवेलामुदीको निर्देशन रहेको यो चलचित्र गएको जुलाई २६ मा प्रदर्शन भएको थियो । चलचित्रमा कंगना रनावत र राजकुमार रावको मुख्य भूमिका रहेको छ ।चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । २९ करोडको लागतमा बनेको यो चलचित्रले प्रदर्शन भएको चौथो दिन सम्ममा २२ करोड भारुमाथिको व्यापार गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?