नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २५, २०७४
|
|
६२ पटक हेरिएको
Shares
नयाँवर्ष कपमा २० टीमले खेल्दै, पहिलोपटक इन्द्रेणी संघले उतार्ने भयो खेलाडी

सारांश

  • ड्यालस, २५ चैत (टेक्सस) ।
  • नेपाली नयाँ वर्षको अवसरमा ड्यालसमा हुन लागेको नयाँ वर्ष कप फुटबल प्रतियोगितामा पहिलोपल्ट इन्द्रेणी साँस्कृतिक टीमले समेत सहभागिता जनाउने भएको छ ।
  • आइतबार हुन लागेको प्रतियोगितामा २० वटा टीमले सहभागिता जनाउँदैछन् ।

ड्यालस, २५ चैत (टेक्सस) । नेपाली नयाँ वर्षको अवसरमा ड्यालसमा हुन लागेको नयाँ वर्ष कप फुटबल प्रतियोगितामा पहिलोपल्ट इन्द्रेणी साँस्कृतिक टीमले समेत सहभागिता जनाउने भएको छ ।
आइतबार हुन लागेको प्रतियोगितामा २० वटा टीमले सहभागिता जनाउँदैछन् । ड्यालसको ग्रेपभाइनमा हुने प्रतियोगितामा लामो समयदेखि साँस्कृतिक क्षेत्रमा क्रियाशील इन्द्रेणीले फुटबल प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

ड्यालसको डिएफडब्लु हिमालयज फुटबल क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो । क्लबले हरेक वर्ष नेपाली नयाँ वर्षको अवसरमा प्रतियोगिता गर्दै आएको छ । क्लबले आयोजना गरेको यो तेस्रो पटक हो । “खेलाडीहरूलाइ पनि समेटेर अघि बढ्ने नीतिअनुसार पहिलोपल्ट फुटबल प्रतियोगितामा टीम समेत खडा गरेर सहभागिता जनाउन लागेका हौं”, इन्द्रेणीका अध्यक्ष ताराप्रसाद भुसालले भने । इन्द्रेणीले यसअघि दशैँ, तिहार, तीज, नयाँवर्ष लगायतका साँस्कृतिक कार्यक्रम गरेर नेपाली समुदायलाई समेट्दै आएको छ ।

इन्द्रेणी साँस्कृतिक संघको टीमको सम्पूर्ण तयारी पूरा भएको व्यबस्थापक सोफिन थापाले बताए । टीमको कप्तानी रूपक खड्काले सम्हाल्ने भएका छन् । इन्द्रेणी साँस्कृतिक संघकी संस्थापक तथा प्रवासी नेपाली मञ्चकी उपाध्यक्ष यमुना भट्टराईले खेलाडीहरूको विकास गर्ने र उनीहरूलाइ प्रोत्साहन दिने उद्देश्यले टीम दर्ता गरेर सहभागिता जनाउन लागेको हो ।

प्रतियोगितामा पहिलो हुने टीमले ट्रफीसहित नगद पुरस्कार समेत पाउनेछन् । पहिलो हुने टीमले ट्रफी सहित नगद १ हजार ५ सय डलर नगद र दोस्रो हुने टीमले ७ सय डलर पुरस्कार पाउनेछन् । त्यस्तै उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यबस्था गरिएको आयोजकले जनाएका छन् । यसपटकको प्रतियोगितामा ड्यालसका अतिरिक्त लुजियाना, ओक्लाहोमा र लसएन्जलसका टीमहरू पनि सहभागी हुँदैछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
रक्तदानमा चरम लापरवाही, गर्भवती महिलामा एआइभी
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
ऐतिहासिक मतान्तरसहित काठमाडौँ-९ मा विजयी डीपी अर्यालको गर्जन: भ्रष्टाचार विरुद्धको लडाइँ अब सुरु भयो
के राजपा सरकारमा सहभागी हुन्छ ?
के राजपा सरकारमा सहभागी हुन्छ ?
छुरा प्रहार गरी हत्या गरेको आरोपमा  ५ जना पक्राउ
छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह
कर्मचारी समायोजनमा पहिलो प्राथमिकता स्थानीय तह
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
यातायात व्यवस्था विभागद्वारा  बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
यातायात व्यवस्था विभागद्वारा बीपी लोकमार्गमा आजदेखि राति चल्ने भाडाका गाडी आवतजावतमा रोक
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
हामी फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः रञ्जु दर्शना
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
ठगि गर्ने मानिस नियन्त्रणमा
ठगि गर्ने मानिस नियन्त्रणमा