सप्तरीका स्कुलमा बम आतंक
सारांश
- राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयहरु त्रसित बनेका छन् ।
- पछिल्लो दुई दिन विद्यालयहरुमा लगातार बम भेटिएको छ ।
- बुधबार राजविराज-५ स्थित लक्ष्मी इंग्लिस बोर्डिङ स्कुल प्रांगणभित्रै बम फेला परेको प्रहरीले जनाएको छ ।
राजविराजका विद्यालयहरुमा लगातार बम फेला पर्न थालेपछि विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयहरु त्रसित बनेका छन् ।
पछिल्लो दुई दिन विद्यालयहरुमा लगातार बम भेटिएको छ । बुधबार राजविराज-५ स्थित लक्ष्मी इंग्लिस बोर्डिङ स्कुल प्रांगणभित्रै बम फेला परेको प्रहरीले जनाएको छ ।
बिहान ७ बजेतिर फेला परेको बमलाई नेपाली सेनाको टोलीले साढे १० बजेतिर निष्कृय पारेको छ ।
यसअघि मंगलबार राजविराज ९ स्थित पिस जोन मोडेल स्कुल अगाडि सकेट बम फेला परेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया