कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
४० पटक हेरिएको
Shares
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप

सारांश

  • ब्रसेल्स,१५  साउन ।
  • युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ ।
  • नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार जनाएको छ ।

ब्रसेल्स,१५  साउन । युरोपेली संघ (इयु)ले कम्बोडियामा भएको निर्वाचनमा विश्वसनीयताको अभाव भएको जनाएको छ । नागरिकको चाहना प्रकट नभएको र अहिलेका शासकको प्रभावमा निर्वाचनप्रतिको विश्वसनीयतामा कमी देखिएको इयुले सोमबार जनाएको छ ।
गत आइतबार अर्थात् यही जुलाई २९ तारिखका दिन भएको निर्वाचनमा सामान्य प्रक्रिया पनि पुरा नगरेको र आधारभूत लोकतान्त्रिक मान्यतालाई पनि बेवास्ता गरिएको इयूको वक्तव्यमा उल्लेख छ ।

इयुको विदेश मामिला कार्यालयद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, “यस्तै विविध कारणले निर्वाचनमा विश्वसनीयताको अभाव देखिएको छ ।” सन् १९९३ देखि भइरहेको द्वन्द्वबाट प्रभावित कम्बोडियामा अहिले छैठौँ आम निर्वाचन भएको हो । यस निर्वाचनले हुुन सेनको ३३ वर्षे नेतृत्वलाई थप्ने लगभग पक्का भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?