प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रहरी कुट्ने एआईजीका छोरा रातभर प्रहरी हिरासतमा, उल्टै प्रहरीविरुद्व उजुरी

सारांश

  • काठमाडौं ।
  • ठमेलको सञ्चयकोष अगाडि शुक्रबार मध्यरातमा रक्सीले मात्तिएका ४ जना युवाले ट्याक्सीसँग ‘वार्गेनिङ’ गरिरहेका थिए ।
  • ‘बार्गेनिङ’ नमिलेपछि उनीहरुले ट्याक्सी चालकलाई कुटपिट गर्न तम्सिए ।

काठमाडौं । ठमेलको सञ्चयकोष अगाडि शुक्रबार मध्यरातमा रक्सीले मात्तिएका ४ जना युवाले ट्याक्सीसँग ‘वार्गेनिङ’ गरिरहेका थिए । ‘बार्गेनिङ’ नमिलेपछि उनीहरुले ट्याक्सी चालकलाई कुटपिट गर्न तम्सिए ।

तत्कालै चालकले प्रहरीलाई खबर गर्यो । त्यहाँ पुगेका प्रहरीले उनीहरुलाई सम्झाउन खोजे । तर उनीहरुले प्रहरीलाई टेरेनन् । उल्टै त्यस मध्येका एक युवाले प्रहरीलाई धम्काए ।

उनी थिए नेपाल प्रहरीका अतिरिक्त (महानिरीक्षक) एआईजी कमलसिंह बमका जेठा छोरा सुगम बम । उनले सुरक्षामा खटिएका प्रहरीलाई ‘तिमीहरु जस्ता त मेरो घरमा भात पकाउँछन्’ भन्दै प्रहरीलाई धम्की दिएको प्रहरी स्रोतले बतायो ।

प्रहरीमाथि हात हालेपछि उनलाई मध्यरातमा भ्यानमा हालेर महानगरीय प्रहरी वृत्त दरबारमार्ग ल्याइयो । ‘मदिराले लठ्ठ भएका सुगमले ‘एआईजीको छोरा हुँ’ भन्दा सुरुमा त हामीले वास्ता गरेनौं तर, वृत्तमा ल्याएपछि थाहा भयो उनी एआईजीकै छोरा रहेछन् ।’ दरबारमार्गमा कार्यरत एक प्रहरी अधिकृतले भने ।

यसरी भएको थियो घटना
बैंगलोरमा अध्ययन गरेर भर्खरै स्वदेश फर्केका सुगम साथीहरुसँग रमाइलो गर्ने भन्दै शुक्रबार ठमेल पुगेका थिए । पछिल्लो समय ठमेल, सोह्रखुट्टे एरियामा तेस्रोलिङ्गी समूहले लुटपाट मच्चाएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ ।

त्यस क्रममा दरबारमार्गका प्रहरी निरीक्षक नेतृत्वको सादा पोशाकको टोली शुक्रबार राति ठमेल पुगेको थियो ।

प्रहरीले एउटा ट्याक्सी पनि लगेको थियो । राति १ बजेतिर सुगमसहित ६÷७ जनाको समूह आयो र ट्याक्सी चालकसँग विवाद गर्न थाले । लामै विवाद भएपछि एक जना प्रहरीले उक्त ट्याक्सी आफूहरुका लागि राखिएको बताए ।

तर, प्रहरीले त्यति भन्नासाथ सुगम झन् चर्किए । उनले एआईजी बुबाको धक्कु लगाउँदै ‘तिमीहरु जस्ता ४÷५ जना मेरो घरमा खाना पकाउने मान्छे छन्’ भन्न थाले ।

त्यसपछि विवाद झन् लम्बियो । प्रहरीले उनलाई चौकीमा हिँड्न भन्यो तर, मानेनन् । त्यस क्रममा प्रहरीले उनलाई गाडीमा चढाउन बल नै प्रयोग गर्नुर्पयो ।

सुगम प्रहरीमाथि नै जाइलागे । तर, प्रहरीले उनलाई दरबारमार्ग वृत्तमा र्पुयाएर रातभर राख्यो ।

आमाको रोबहरमा सुगम छुटे

शनिबार बिहान प्रहरीले उनको परिवारलाई खबर गर्यो । त्यसपछि प्रहरी वृत्त दरवारमार्ग पुगेकी उनकी आमाले ‘अब आइन्दा यस्तो नगर्ने’ भन्दै छोरालाई छुटाएर लगिन् ।

उनी छुटेपछि घटना त्यत्तिकैमा सकिएन । प्रहरी वृत्तबाट छुटेका सुगमले आफुमाथि प्रहरीले कुटपिट गरेको भन्दै उनले प्रहरीको उजुरी छानविन शाखामा उजुरी दिए ।

उजुरीपछि प्रहरीले घटनाको छानविन गर्न एसएसपी रामकृपाल शाहको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । घटनाबारे छानबिन समिति बनाइएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दले बताए । ‘कुटपिट गर्ने अधिकार कसैलाई छैन’, ‘घटनाको सत्यतथ्य छानविन हुन्छ। दोषीलाई कारबाही हुन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?