फेरि लकडाउन हुनसक्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ७, २०७७
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ७ असोज ।
  • सरकारले कोरोना भाइरसको रोकथामका लागि फेरि लकडाउन गर्न सक्ने स्पष्ट पारेको छ ।
  • संक्रमित संख्या वृद्धि भई अस्पताललगायत स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन भएमा लकडाउन गर्न सकिने जानकारी दिइएको हो ।

काठमाडौं, ७ असोज । सरकारले कोरोना भाइरसको रोकथामका लागि फेरि लकडाउन गर्न सक्ने स्पष्ट पारेको छ । संक्रमित संख्या वृद्धि भई अस्पताललगायत स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन भएमा लकडाउन गर्न सकिने जानकारी दिइएको हो ।

आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमाण्ड सिष्टम (आइसीएस) को बैठक बसेर २५ हजार सक्रिय संक्रमित नाघेमा लकडाउनको सिफारिश गर्ने निर्णयबारे जानकारी दिएका हुन् । आइसीएसले २५ हजारभन्दा बढी संक्रमित भएमा बन्दाबन्दी गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।

डा. गौतमका अनुसार २५ हजारभन्दा बढी सक्रिय संक्रमित भएमा स्वास्थ्य सम्बन्धी निकायले व्यवस्थापन गर्न कठिन हुने बताए । अहिले देशमा १७ हजार ४ सय १४ सक्रिय संक्रमित छन् । अब ७ हजार सक्रिय संक्रमित थपिएमा लकडाउनको सम्भावना रहेको छ ।

यसैगरी, जनस्वास्थ्यको मापदण्ड पालना गर्न नसक्ने क्षेत्रमा संक्रमण दर बढिरहेको र जोखिम उच्च रहेकाले कम्तिमा एक महिना त्यस्तो क्षेत्र नखोल्न समेत स्वास्थ्य मन्त्रालय अन्र्तगतको आइसीएसले सिफारिश गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
ओलीले माओवादीको र प्रचण्डले एमालेको केन्द्रीय कमिटीलाई सम्बोधन गर्ने (सातै बुँदासहित)
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
कोमल वलीको विषयमा त एमालेमात्र होइन राष्ट्रिय सहमति पो भो : केपी ओली
राजसंस्था, हिन्दुराष्ट्र पक्षधर बिच मोर्चा निर्माण आबश्यकः कमल थापा
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
यि हुन नेपाली र चिनियाँ लगानीकर्ताबीच सम्झौता भएका ८ परियोजनाहरू
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
संसद सचिवालयको खुलसा : प्रधानमन्त्री ओलीविरुद्ध पुस ५ गते ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको थियो
अमेरिका ३५ रनमा ‘प्याक’
अमेरिका ३५ रनमा ‘प्याक’
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
The way to select the Best Malware Security Computer software
धावनमार्गमा विमान चिप्लिए पछि…
धावनमार्गमा विमान चिप्लिए पछि…
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने
जाजरकोटलाई गौरव गर्न लायक जिल्ला बनाइने