चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
|
३० पटक हेरिएको
Shares
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला

सारांश

  • रत्ननगर, चितवन, ८ मंसिर : पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् ।
  • उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।
  • पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो ।

रत्ननगर, चितवन, ८ मंसिर : पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् ।

उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।

पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिनुभयो । वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन राष्ट्रिय निकुञ्ज, स्थानीय सामुदायिक वनको हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको छ ।

हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा यहाँका ६५ महिलालाई हालै तालिम प्रदान गरिएको भट्टराईले बताउनुभयो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले महिलाद्वारा सञ्चालित यस सहकारीलाई आवश्यकपर्ने सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।

जिल्ला वन अधिकृत केदार पौडेलले वरण्डाभार जैविक मार्गको संरक्षणका लागि तालीम महत्वपूर्ण हुने भन्दै यसमा आश्रित समुदायको आर्थिक विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । लाभान्वित समुदायले यस क्षेत्रको संरक्षण, चोरी शिकारी नियन्त्रण र जथाभावी चरिचरण नियन्त्रणमा भूमिका खेल्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले समुदायलाई लक्षित गरी यस्ता कार्यक्रम संरक्षण गरी आयआर्जनमा टेवा पु¥याउने भन्दै २२० महिलालाई यसअघि तालिम प्रदान गरिएको थियो ।

सो क्षेत्रमा सीप सिकेर धेरै महिलाले फुर्सदको समयमा चर्खाबाट मनग्य आम्दानी गर्दै आएका छन् । हराउँदै गएको यस पेशा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । पछिलो समयमा यहाँका महिलाले गलँैंचा समेत बुन्न शुरु गरेका छन् । सामान्यतः एउटा गलैंँला बुनेको उनीहरुले रु सात हजार ज्याला पाउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीमा खाद्यान्न अपुग
कर्णालीमा खाद्यान्न अपुग
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
नियम विपरीतका होर्डिङ बोर्ड हटाउन शुरु
नियम विपरीतका होर्डिङ बोर्ड हटाउन शुरु
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
सर्वोच्चमा भिडन्त,प्रधानन्यायाधीशका लागि लडाई गर्ने जोशीको तयारी
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
पूर्वी रुकुमको सदरमुकामबारे देउवाको निर्णय स्वागतयोग्यः तत्काल कार्यान्वयन गर्नुपर्छ
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
गण्डकी प्रदेशले कर्मचारीलाई घुमफिर भत्तामा ९० लाख छुट्यायो
कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित
कोरोना कहर : ठूलो सबस्टेशन निर्माण प्रभावित
काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए
काठमाडौंमा ठूलो भूकम्पको धक्का, स्थानीय घरबाहिर निस्किए
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै
नेपाल विद्यार्थी संघमा वैधानिक संकट, केन्द्रीय कार्यसमिति भंग हुँदै

तपाईंले छुटाउनुभयो कि?