प्रथम ठोरी महोत्सव हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
६० पटक हेरिएको
Shares
प्रथम ठोरी महोत्सव हुँदै

सारांश

  • रामपुर ४ पुस, पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ ।
  • ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ ।
  • राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ ।

रामपुर ४ पुस, पर्सा जिल्लाको दक्षिण पश्चिममा रहेको ठोरी गाउँपालिकामा आन्तरिक तथा भारतीय पर्यटक भित्र्याउने उद्देश्यले ‘प्रथम ठोरी महोत्सव’ आयोजना हुनेभएको छ ।

ऐतिहासिक राईधारा परिसरमा हुने महोत्सवले स्थानीय उत्पादनको प्रचारप्रसार हुने र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने विश्वास आयोजकले लिएको छ । राईधार नेपाल भारत क्षेत्रको दशगजा क्षेत्रमा पर्छ । ठोरी गाउँपालिकाको दक्षिणमा भारतको पश्चिम चम्पारण जोडिएको छ भने उत्तरपश्चिममा चितवन राष्ट्रिय निकुञ्ज पर्छ ।

यहाँ सीता गुफा, राईधारा, रानी वन, गोले डाँडा, सिने पर्वत, ह्वाइट हिल, अमृतधारा, वनशक्ति मन्दिरलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्र रहेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर भारतीय पर्यटकलाई नेपालसम्म आउने वातावरण बनाउन महोत्सव आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

कपुरबोट मिडिया प्रालिको आयोजनामा यही पुस १२ देखि २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा १५० कक्ष रहने छ ।

महोत्सवमा कृषि प्रदर्शनी, शैक्षिक तथा पर्यटन, हस्तकला, अटो, बैंक तथा वित्त एवं विविध साँस्कृतिक कार्यक्रम हुने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो ।

विहारको पश्चिम चम्पारणसँग जोडिएको ठोरीमा अङ्ग्रेजी नयाँ वर्ष मनाउन पर्यटकको घुइँचो लाग्ने गर्दछ । ठोरी गाउँपालिकालाई पर्यटकीय क्षेत्रका रूपमा अगाडि बढाउन महोत्सवले महत्वपूर्ण सहयोग पु¥याउने गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
धानमा बाला नलागेपछि तनावमा किसान, बारी खाली गर्न काट्न थाले
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
‘‘साहो’सँग कताकता डर लागिरहेको छ तर, राम्रो नेपाली चलचित्रलाई दर्शकले अवश्य माया गर्नुहुनेछ’
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
नीजि विद्यालयलाई शुल्क लिन बाटो खुल्ला
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
अंगरक्षकलाई कोट बोकाएपछि मन्त्रीको आलोचना
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
पाल्पा,कञ्चनपुर,विराटनग को ताजा पारीणाम
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी ,पदाधिकारी बनाएरै पार्टीमा प्रवेश गराउने.
राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…
राउटेले प्रधानमन्त्रीलाई फोन गर्दै अन्न मागेपछि…
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि